नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न
१० असोज २०८२, काठमाडौं।
नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा २०८२ असोज ९ गते काठमाडौंमा सम्पन्न भएको छ । सभाको अध्यक्षता कम्पनी सञ्चालक समितिका अध्यक्ष अमित कुमार कयालले गरेका थिए ।
सभाले आ.व. २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदनहरू छलफल गरी स्वीकृत गरेको छ । सोही अवसरमा आ.व. २०८२/८३ का लागि लेखापरीक्षकको रूपमा पि. एल. श्रेष्ठ एण्ड कम्पनीलाई नियुक्त गरिएको छ ।
अध्यक्ष कयालले कम्पनीलाई उदाहरणीय बनाउन संरचनात्मक सुधार, संस्थागत सुशासन, सुदृढ आन्तरिक नियन्त्रण, तालिम, अनुसन्धान र वैज्ञानिक लगानी विविधिकरणका उपायहरूलाई अवलम्बन गरिएको जानकारी दिए ।
प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले आ.व. २०८१/८२ को कार्य प्रगतिबारे र आगामी आ.व. २०८२/८३ का रणनीतिक योजनाबारे प्रस्तुतीकरण गरे ।
मुख्य कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक कमलेश कुमार अग्रवालले बीमितहरुको रकम सुरक्षित लगानी गर्दै राम्रो प्रतिफल दिलाउने दिशामा गम्भीर प्रयास गर्न आग्रह गरे । प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले लगानी गर्दा मूल पूँजीको सुरक्षा, सही समय र स्थानको छनोटमा जोड दिन सुझाव दिए ।
सभाले चार जना सञ्चालक — कमलेश कुमार अग्रवाल, कृष्णराज लामिछाने, प्रवीण रमण पराजुली र अमित कुमार कयाल — लाई अनुमोदन गरेको छ । त्यस्तै, आजै बसेको सञ्चालक समिति बैठकले कमलेश कुमार अग्रवाललाई नयाँ अध्यक्ष चयन गरेको छ ।
For more: Kamlesh Kumar Agrawal Elected Chairman