कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत झापा, बिर्तामोडस्थित मेची आँखा अस्पताललाई सहयोगस्वरूप २ थान वाटर प्यूरिफायर र ४ थान मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण गरेको छ।
बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले अस्पतालका वरिष्ठ प्रशासन अधिकृत प्रशान्त श्रेष्ठलाई औपचारिक रूपमा उक्त सामग्रीहरू हस्तान्तरण गरे।
Advertisement
अस्पतालमा उपचारका लागि आउने सबै वर्गका बिरामीले यो सहयोगबाट प्रत्यक्ष लाभ लिने भए पनि विशेषगरी आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका सेवाग्राहीका लागि यो सुविधा महत्वपूर्ण हुने अस्पतालका वरिष्ठ प्रशासन अधिकृत श्रेष्ठले बताए।
उनका अनुसार, शुद्ध पिउने पानीको सहज उपलब्धता र मोबाइल चार्जिङको सुविधा प्राप्त भएपछि बिरामी तथा सेवाग्राहीहरूको उपचार प्रक्रियामा सहजता आउनेछ।
श्रेष्ठले बैंकको यस परोपकारी कार्यका लागि धन्यवाद दिंदै भविष्यमा पनि यस्ता सामाजिक उत्तरदायित्वमा आधारित सहयोग कार्यक्रम निरन्तर हुने अपेक्षा व्यक्त गरे।