कामना सेवा विकास बैंकको फोनपे सेवा अस्थायी अवरुद्ध हुने
१६ मंसिर,काठमाडौं ।
कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई सूचना जारी गर्दै भन्यो कि मिति २०८२/०८/१७ गते बुधबार बिहान १२ः३० बजे देखि ०५ः३० बजेसम्म फोनपे पेमेन्ट सर्भिस लिमिटेडले Disaster Recovery (DR) Drill संचालन गर्ने भएकाले बैंकको फोनपे सम्बन्धी सम्पूर्ण सेवा अस्थायी रूपमा अवरुद्ध हुने छ।
अवरुद्ध हुने सेवामा QR भुक्तानी, बिल भुक्तानी, रकमान्तर लगायतका सेवाहरु समावेश छन्। यद्यपी, यस अवधिमा ग्राहकहरुले NepalPay QR, Connect IPS, डेबिट कार्ड र POS जस्ता अन्य माध्यमबाट कारोबार गर्न सक्नेछन्।
बैंकले यस असुविधाप्रति क्षमाप्रार्थी हुँदै ग्राहकहरुलाई समयमा सेवा उपलब्ध गराउन प्रत्येक सम्भावित प्रयास गरिने जनाएको छ।
For More:-Kamana Sewa Fonepay Disrupted



