कामना सेवा विकास बैंक र जय सिद्धबाबा चस्मा पसलबीच सम्झौता

Kamana Sewa Bikas Bank
Share It On:

 २३ जेठ, काठमाण्डौं।

कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित जय सिद्धबाबा चस्मा पसलसँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले उक्त चस्मा पसलले प्रदान गर्ने विभिन्न सेवा–सुविधा मध्ये ब्राण्डेड चस्मामा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत् बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *