४ भदौ, काठमाडौं ।
कामना सेवा विकास बैंकले काठमाडौं, बुढानिलकण्ठस्थित लेमन ट्री प्रीमीएरसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ।
सम्झौताअनुसार, बैंकका कर्मचारी र ग्राहकहरूले होटलको अकोमोडेसन, फुड र बेभरेजमा १५ प्रतिशत तथा स्पा सेवामा २० प्रतिशत छुट पाउनेछन्।
ग्राहकहरूले बैंकसँगको आबद्धताको प्रमाण प्रस्तुत गरेपछि यो सुविधा सहजै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र होटलका प्रमुख सञ्चालन अधिकृत यादव प्रसाद पाण्डे ले हस्ताक्षर गरेका थिए।
बैंकले यस सम्झौताबाट ग्राहक र कर्मचारीहरूले विशेष लाभ लिन सक्ने विश्वास लिएको छ।
For More:-kamana Sewa Bank Lemon Tree Deal