कालिन्चोक इन्भेष्टमेन्टले प्राथमिक शेयर सार्वजनिक निष्काशन गर्ने, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक नियुक्त

Kalinchok Investment IPO
Share It On:

२३ भदौ, काठमाडौं।

श्री कालिन्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ।

कम्पनीले शेयर निष्काशन र बिक्री कार्यका लागि श्री नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।

कम्पनीको जारी पूँजी ८० करोड रुपैयाँ रहेको छ। यसमध्ये ३० प्रतिशत शेयर सर्वसाधारणमा प्राथमिक निष्काशन गरिनेछ भने बाँकी ७० प्रतिशत रकम धितोपत्र बोर्डको निर्देशिका अनुसार पर्यटन, ऊर्जा र कृषि उत्पादन क्षेत्रमा लगानी हुँदै आएको छ।

आज भएको सम्झौतामा कम्पनीका तर्फबाट अध्यक्ष बालकृष्ण शिवाकोटी र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका तर्फबाट प्रधान कार्यकारी अधिकृत  मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए।

यस शेयर निष्काशनले कम्पनीको पूँजी बढाउने र लगानी क्षेत्र विस्तार गर्ने अपेक्षा गरेको छ।

For More:-Kalinchok Investment IPO


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *