कजारियालाई ‘NS Quality Award 2026’ को उपाधि: टायल उद्योगमा विश्वस्तरीय गुणस्तर प्रमाणित
१९ चैत, काठमाडौँ।
टायल उद्योगमा विश्वव्यापी रूपमा परिचित अग्रणी ब्रान्ड कजारियाले विभिन्न प्रतिष्ठित मान्यताहरू र अन्तर्राष्ट्रिय उपलब्धिहरूमार्फत आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर सुदृढ गर्दै नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो स्थान अझ मजबुत बनाएको छ।
विगतका वर्षहरूमा कजारियाले प्राविधिक नवप्रवर्तन, ठूलो उत्पादन क्षमता तथा सशक्त अन्तर्राष्ट्रिय पहुँचका आधारमा आफूलाई एक प्रमुख विश्वस्तरीय ब्रान्डका रूपमा स्थापित गरेको छ।
लगातार १४ वर्षसम्म ‘सुपरब्रान्ड’ उपाधि प्राप्त गरेको कजारियाले, उपभोक्ताको विश्वास, स्थिरता र बजार नेतृत्वलाई प्रतिबिम्बित गर्छ। यसका साथै, कम्पनी ‘एशियाको सबैभन्दा आशाजनक ब्रान्ड’ को रूपमा सम्मानित भएको छ, जसले नवप्रवर्तन र उत्कृष्टतामार्फत क्षेत्रीय टायल उद्योगलाई दिशा दिन सक्ने यसको क्षमतालाई उजागर गर्दछ।
आफ्नो विस्तार र प्रभावलाई प्रमाणित गर्दै कजारिया विश्वका ८औँ ठूला टायल उत्पादक कम्पनीहरूमध्ये एकका रूपमा मान्यता प्राप्त गरेको छ, जसले यसको विश्वव्यापी उपस्थिति र उत्पादन क्षमतालाई दर्शाउँछ।
कजारियाको गुणस्तरप्रतिको प्रतिबद्धता ISO ९००१ः २०१५ प्रमाणीकरणबाट पुष्टि हुन्छ, जसले उत्पादन तथा सञ्चालनमा विश्वस्तरीय मापदण्ड सुनिश्चित गर्दछ।
त्यस्तै, ISO १४००१ः २०१५ प्रमाणीकरणले वातावरणीय जिम्मेवारी र दिगो अभ्यासप्रतिको यसको प्रतिबद्धतालाई झल्काउँछ। हरित र जिम्मेवार निर्माणप्रतिको आफ्नो ध्यानलाई थप सुदृढ गर्दै कजारिया भारतीय हरित भवन परिषद् (IGBC) को गर्विलो सदस्य पनि हो।
यस उत्कृष्टताको विरासतलाई अझ सुदृढ बनाउँदै कजारियाले हालै NS Quality Award २०२६ प्राप्त गरेको छ, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्ने यसको प्रतिबद्धतालाई थप पुष्टि गर्नुका साथै यसलाई विश्वसनीय र विश्वस्तरीय टायल उत्पादकका रूपमा स्थापित गर्दछ।
आफ्नो उपस्थिति अझ विस्तार गर्दै कजारियाले रमेश कर्पसँगको संयुक्त सहकार्यमा नेपालमै एक प्रमुख टायल उत्पादन उद्योग सञ्चालन गरिरहेको छ, जसको वार्षिक उत्पादन क्षमता ५.२ मिलियन वर्ग मिटर रहेको छ, जसले देशको औद्योगिक आत्मनिर्भरता अभिवृद्धिमा योगदान पुर्याइरहेको छ।
अत्याधुनिक प्रविधिद्वारा सशक्त कजारियाको कुल वार्षिक उत्पादन क्षमता ८१.५५ मिलियन वर्ग मिटर पुगेको छ।
“हाम्रो यात्रा सधैं उत्कृष्टता, नवप्रवर्तन र विश्वासप्रतिको प्रतिबद्धताबाट प्रेरित रहँदै आएको छ। यी मान्यताहरूले हामीले विश्वव्यापी रूपमा विस्तार हुँदै जाँदा हाम्रो प्रतिबद्धतालाई अझ सुदृढ बनाउँछन्,” कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भन्नुभयो।
नेतृत्वको सुदृढ विरासत र नवप्रवर्तन तथा दिगो भविष्यसहित कजारियाले विभिन्न बजारहरूमा नयाँ मापदण्डहरू स्थापित गर्दै अगाडि बढिरहेको छ।
कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ।
अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३,००० भन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ, जसले आन्तरिक सजावटलाई अझ आकर्षक र दीगो बनाउँछ।
हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ। कम्पनीका उत्पादनहरूमा ग्लेज्ड भिट्रिफाइड टायल (६०ह१२० से.मी., ६०ह६० से.मी., १९.५ह१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०ह४०से.मी.) तथा सेरामिक वाल टायल (३०ह६० से.मी., ३०ह४५ से.मी.) समावेश छन्। यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलियो, दीगो र आधुनिक डिजाइनमा उपलब्ध छन्।
For more: Kajaria NS Quality Award 2083


