नाडा अटो शोमा केईले तीन मोडल सार्वजनिक गर्ने

Kaiyi Guess models
Share It On:

५ भदौ, काठमाडौं ।

“लक्ष्मी ई मोबिलिटी, केइ अटोमोबाइल्सको नेपालको लागि आधिकारिक विक्रेता, आगामी नाडा अटो शो २०२४ मा तीन नयाँ मोडेलहरू सार्वजनिक गर्दैछ। सही मोडेलहरू नामकरण गरेर बोशको मिक्सर ग्राइण्डर जित्ने अवसरका लागि केइ नेपालको फेसबुक र इन्स्टाग्राम पेजमा सहभागी हुनुहोस्। यो क्याम्पेन भदौ १० देखि २६ सम्म चल्नेछ।”

आगामी भदाै ११ देखि हुने ‘नाडा अटो शो २०२४’ मा लक्ष्मी ई मोबिलिटीले  केइका ३ ओटा नयाँ मोडेल सार्वजनिक गर्ने
भएकाे छ।

लक्ष्मी ई मोबिलिटी केइ अटोमोबाइल्स को नेपालको लागि आधिकारिक विक्रेता हाे। साे अवसरमा लक्ष्मी ई मोबिलिटीले लन्च गरिने आफ्ना ३ ओटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन पनि सुरु गरेको छ।

जस अन्तर्गत सहभागिता जनाउन केइ नेपाल को फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्न को उत्तर लेख्नु पर्नेछ। 

क्याम्पेनमा सहभागी हुन केइ नेपाल को फेसबुक पेज र इन्स्टाग्राम पेज जानुपर्ने छ। सहभागी मध्यबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तरदिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोशको मिक्सर ग्राइण्डर प्राप्त गर्ने कम्पनीकाे भनाइ छ।

यो क्याम्पेन मंगलबार बाट भाद्र १० गतेसम्म चल्ने बताइएको छ। आँउदै गरेको नाडा अटो शोमा केइ अटोमोबाइल्स को स्टल नं एच -१६ मा आई केई ब्रान्ड र नाडामा लन्च गरिने केइका गाडीहरुका बारे जानकारी लिन सकिने छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *