उद्योग वाणिज्य महासंघ निर्वाचन- एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ प्यानलको उम्मेदवारी दर्ता
२० चैत, काठमाडौँ।
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एसोसिएट तर्फका उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गराएको छ।महासंघको एसोसिएट तर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन्।
सो समूहले अनुमान जयन्तीको अवसर पारेर महासंघ केन्द्रीय कार्यालय टेकुमा पुगी आफ्नो प्यानल सहितको उम्मेदवार दर्ता गराएको उपाध्यक्षकी उम्मेदवार श्रेष्ठले जानकारी दिइन् ।श्रेष्ठको टिमबाट कार्यकारिणी सदस्यमा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
उपाध्यक्ष श्रेष्ठको समूहबाट सदस्यहरूमा राजकुमार तिमलसिना, सोभा ज्ञवाली, अविनाश बोहरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्दु बस्नेत, गोपाल खनाल, जमुना पौडेल, जयस श्रेष्ठ, रामराजा श्रेष्ठ, रामशरण थपलिया, सन्दिप मखानी (अग्रवाल) , शैलेन्द्र गुरागाईँ र सुनिलनारायण श्रेष्ठले उम्मेदवारी दिएको दर्ता गराएका हुन्।
For More:-Jyotsna Shrestha FNCCI Candidacy


