२५ भदौ, काठमाडौं।
ज्योति विकास बैंकले आफ्ना सबै शाखा र एटीएम सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ।
देशको सुरक्षा अवस्था र विषम परिस्थितिका कारण यो निर्णय गरिएको बैंकले जनाएको छ। बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ सेवामा पनि केही प्राविधिक समस्या आएको जानकारी दिएको छ।
यसबाट देखिने विवरणहरू सही नहुन सक्ने भन्दै ग्राहकलाई नआत्तिन आग्रह गरिएको छ। बैंकले आफ्नो डिजिटल बैंकिङ प्रणाली सुरक्षित रहेको र छिट्टै सेवा सुचारु हुने आश्वासन पनि दिएको छ।
यसका साथै, थप जानकारीका लागि ९८०२३२४४४० मा कल, व्हाट्सएप वा भाइबर गर्न सकिने वा [email protected] मा इमेल गर्न सकिने वा बैंकको आधिकारिक फेसबुक पेजमा सम्पर्क गर्न सकिने पनि जनाएको छ। बैंकले यस असुविधाका लागि ग्राहकहरूसँग क्षमा मागेको छ।
For More:-Jyoti Bikash Bank services disrupted