ज्योति विकास बैंकद्वारा बालबालिकाहरुलाई 3D प्रिन्टेड कृत्रिम हात हस्तान्तरण

Jyoti Bikash Bank 3D-Printed
Share It On:

७ असोज, काठमाडौं ।

ज्योति विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत ई-नेबल नेपालसँग सहकार्य गरी ६ जना बालबालिकालाई 3D प्रिन्टेड कृत्रिम हात प्रदान गरेको छ।

Jyoti Bikash Bank 3D-Printed Prosthetic

यस कार्यले बैंकको “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत सामाजिक उत्तरदायित्वलाई नयाँ उचाइमा पुर्‍याएको छ। ई-नेबल नेपालको कार्यालयमा आयोजित कार्यक्रममा यी कृत्रिम हातहरूले बालबालिकाको आत्मविश्वास बढाउन र उनीहरूको दैनिक क्रियाकलापमा सहयोग गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

हालसम्म बैंकले २६ जना बालबालिकालाई कृत्रिम हात प्रदान गरिसकेको छ। १६औँ वार्षिकोत्सवको अवसरमा बैंकले १६ जना बालबालिकालाई 3D प्रिन्टेड कृत्रिम हात प्रदान गर्ने घोषणा गरेको थियो।

यो अभियानअन्तर्गत पहिलो चरणमा ६ जनालाई हस्तान्तरण गरिएको हो। यी हातहरू हल्का र चलाउन सजिला छन्, जसले बालबालिकालाई दैनिक कार्यमा सहजता प्रदान गर्दछ।

ज्योति विकास बैंकले समाजमा सकारात्मक परिवर्तन ल्याउन र नागरिकहरूको जीवन सुधार गर्न निरन्तर कार्य गर्दै आएको छ। यस बैंकले आफ्नो मुनाफाको ठूलो हिस्सा सामाजिक उत्तरदायित्वमा लगानी गर्दै, नागरिकको स्वास्थ्य सुधार र नवजात शिशुहरूको जीवन रक्षा गर्न पनि महत्वपूर्ण योगदान पुर्याएको छ।

For more: Jyoti Bikash Bank 3D-Printed Prosthetic


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts