२६ भदौ, काठमाडौं ।
ज्योति विकास बैंकले ठूलो भर्याङस्थित शाइन इखाडोल फिटनेस एन्ड रिक्रिएसन सेन्टरसँग साझेदारी गर्दै आफ्ना ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ। नयाँ सम्झौताअनुसार, बैंकका ग्राहकले सेन्टरमा उपलब्ध खानामा १० प्रतिशत छुट पाउने भएका छन्।
शाइन इखाडोल फिटनेस एन्ड रिक्रिएसन सेन्टर पौडी सम्बन्धी तालिम र स्विमिङ पुल सहितका सेवाहरु प्रदान गर्दछ।
यो बैंकले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य सेवामा पनि थप सुविधा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य र फिटनेस क्षेत्रका संस्थाहरुसँग सम्झौता गर्दै आएको छ।
यसअघि, बैंकले ललितपुरस्थित मेडेक्स मल्टिस्पेसियालिटी क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टरसँग सम्झौता गरी ग्राहकलाई २० प्रतिशत छुटको व्यवस्था गरेको थियो।
साथै, बैंकका ग्राहकले काठमाडौंस्थित ट्र्यांक्विलिटी स्पामा पनि ३० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ। यस्तै, जस्मिन फटनेस क्लब न्ड स्पासँग पनि बैंकले सम्झौता गरेको छ।
यी विभिन्न साझेदारीहरु मार्फत, ज्योति विकास बैंकले आफ्ना ग्राहकलाई स्वास्थ्य र जीवनशैली सेवामा लाभान्वित गर्ने योजना अघि बढाइरहेको छ।
For more: Jyoti Bikas Bank Customers Discounts