जाडो मौसममा जोर्नीको दुखाई किन हुन्छ ?
दमको विरामीहरुलाई जाडो र चिसोले गर्दाखेरी स्वासप्रश्वास नलीहरु साँघुरो भएर दमहरु बल्झिने गरेको हो । जाडोमा रुघाखोकीको प्रकोपहरु भाइरस, टन्सिलाइटिस समेत हुने गरेको छ । साना बालबालिका र इम्युनिटी पावर कम भएका विरामीहरुलाई जाडो महिनामा भाइरल डायरिया पनि हुने गरेको पाईन्छ ।
हुँदैन ।
हड्डीहरु खिइएका, घुँडाहरु खिइएका, ढाड दुखेकाका विरामीलाई जाडो समयमा तातो वा न्यानो बनाउँदा सहज महसुस हुन्छ । सामान्य जोर्नी दुखाईलाई हामीले जीवनशैली तथा खानपिनमा सुधार ल्याएरपनि ठिक गर्न सकिन्छ । यद्यपि, कतिपय जोर्नी दुखाईमा भने डाक्टरसँग उपचार नै गराउनुपर्छ ।
जाडो मौसममा प्रायः व्यक्ति बढी आराम गर्ने गर्छन् । यसबाट शारीरिक सक्रियता कम हुन्छ । दिन छोटो र रात लामो हुनाले जीवनशैली परिवर्तन हुन जान्छ । त्यसैले हाम्रो खानपानको बानी समेत परिवर्तन हुन्छ । हामी व्यायाम पनि कम गर्छौं । त्यसैले जोर्नी दुख्ने समस्या अझ बढ्न जान्छ ।
चिसो मौसममा हाम्रो शरिरमा गतको तापमान कायम गर्नु आवश्यक हुन्छ । तापमान सही नभए यसले शरीरका अन्य भागमा रगतको आपूर्ति घटाइदिन्छ । जब छाला चिसो हुन्छ तब दुखाइको असर बढी महसुस हुन्छ ।




