जय अम्बे स्टील्सले सर्वसाधारणमा आईपीओ निष्काशन गर्न एनआइएमबि एस क्यापिटललाई नियुक्त

Jay Ambe Steels Limited Partner
Share It On:

२३ असोज, काठमाडौं ।

जय अम्बे स्टील्स लिमिटेडले सर्वसाधारणमा धितोपत्रको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने तयारी अन्तर्गत एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। कम्पनीको साधारणसभा वा विशेष साधारणसभाबाट पारित भएपछि प्रिमियम मूल्यमा शेयरहरु सार्वजनिक निष्काशन गरिने छ।

अम्बे ग्रुप नेपालको ठूला व्यवसायिक समूहहरुमध्ये एक हो, जसको वार्षिक कारोबार ४००० करोडभन्दा बढी रहेको छ। जय अम्बे स्टील्स लिमिटेड अम्बे ग्रुपको दोस्रो स्टील कम्पनी हो। २०७६ सालमा स्थापना भएको यस स्टील उद्योगको उत्पादन क्षमता १,००० टन प्रतिदिन रहेको छ। बाँके जिल्लाको नेपालगन्जमा अवस्थित यस उद्योगले टीएमटी स्टिल, एमएस बिलेट, एमएस फ्लाट, एमएस स्क्वायर, तोरकारी, र ग्याबियन बक्स लगायतका निर्माण सामग्री उत्पादन गर्छ।

शोभाकर (हरी) न्यौपानेको अध्यक्षतामा रहेको जय अम्बे स्टील्सले पश्चिम नेपालको ८०% स्टील बजारलाई सेवा पुर्याउँदै आएको छ। यसले गुणस्तरीय र भरपर्दो निर्माण सामग्री उपलब्ध गराएर नेपालको निर्माण क्षेत्रलाई सुदृढ बनाएको छ र स्टील आयातमा निर्भरता घटाउन मद्दत गरेको छ।

कम्पनीले उत्पादन क्षमता र विस्तारका लागि पब्लिक डेब्ट मार्केटमार्फत पुँजी जुटाउने योजना बनाएको छ। सम्झौतामा दुबै पक्षका आधिकारिक प्रतिनिधिहरूको उपस्थितिमा हस्ताक्षर भएको छ।

सार्वजनिक निष्काशन प्रक्रिया अन्तर्गतको यो सहकार्यले कम्पनीलाई थप पुँजी संकलन गरी उत्पादन क्षमता वृद्धि गर्न सहयोग पुर्‍याउनेछ।

For more: Jay Ambe Steels Limited Partners


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *