डा. जेन गुडालको नेतृत्वमा लक्ष्मी सनराइज बैंकको ‘नेटिभ पकेट वृक्षारोपण’ पहल
३ पुस, काठमाडौं।
वातावरणीय दिगो विकास तथा स्थानीय जैविक विविधता सुधारको लागि एक प्रेरणादायी प्रयास स्वरूप जेन गुडाल इन्स्टिच्यूट नेपाल, लक्ष्मी सनराइज बैंक, टिका विद्याश्रम उच्च माध्यमिक विद्यालय र ‘रेभोल्युसन प्रोजेक्ट’ को सहकार्यमा काठमाडौँको टिका विद्याश्रम उच्च माध्यमिक विद्यालयमा २५० वटा रुखको ‘नेटिभ पकेट वन’ बनाउने उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
विश्व प्रसिद्ध एथोलोजिस्ट तथा वातावरणविध डा. जेन गुडालले स्वयं यस कार्यक्रममा उपस्थिति जनाउँदै रुखप्रति आफ्नो सम्मान व्यक्त गर्दै वातावरणीय शिक्षा र दिगो विकासमा यस पहलको योगदानको प्रशंसा गर्नुभयो।
साथै वँहाले लक्ष्मी सनराइज बैंकको वातावरणीय संरक्षणको प्रतिवद्धता र विभिन्न अभ्यासहरुको समेत सराहना गर्नुभयो।
Advertisement
२५० वटा रुखको नेटिभ पकेट वनको वृक्षारोपण ‘मियावाकी प्रविधि’ बाट गरिएको हो । यस प्रविधिले छोटो समयमा घना वन सिर्जना गर्दछ। यस प्रविधिले जैविक विविधता बढाउने मात्र नभएर एक दिगो हरित उद्यानको सिर्जना पनि गर्दछ जसले स्थानीय पर्यावरणलाई फाइदा पुर्याउनुका साथै विद्यार्थीहरू तथा स्थानिय समुदायको प्रकृतिसँग दीर्घकालीन सम्बन्ध प्रोत्साहन गर्दछ ।
लक्ष्मी सनराइज बैंकको आर्थिक सहयोग रहेको सो वृक्षारोपण पहलको नेतृत्व रेवोल्युसन प्रोजेक्टका विज्ञहरूद्वारा भएको थियो । यो पहल बैंकको गत महिना सम्पन्न ९औं आमन्त्रण गल्फ प्रतियोगितामा गरिएको ‘१००० वटा रुख रोप्ने प्रतिबद्वता’ को एक पाटो पनि रहेको छ ।
यस सहकार्यले वातावरणीय संरक्षणको लागी वातावरणीय विज्ञ, व्यवसाय र शैक्षिक संस्थाहरू बीचको साझेदारी र यस्ता सामुहिक पहलहरुको महत्वलाई उजागर गर्दछ ।
For more: Jane Goodall Leads Native Pocket

