निर्धन उत्थान लघुवित्तको नयाँ अध्यक्षमा जनार्दन देव पन्त नियुक्त
२२ असोज २०८२, काठमाडौं ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको नयाँ अध्यक्षमा जनार्दन देव पन्त नियुक्त भएका छन्।
संस्थाको मिति २०८२ असोज २१ गते (मंगलबार) अपराह्न ४ बजे बसेको ३२०औं सञ्चालक समितिको बैठकले तत्कालीन अध्यक्ष हरि कृष्ण पन्तले दिएको राजीनामा स्वीकृत गर्दै पन्तको स्थानमा जनार्दन देव पन्तलाई नयाँ अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
संस्थाका कम्पनी सचिव उमेश प्रसाद पन्तले नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई पठाएको सूचनामा अध्यक्ष परिवर्तनको जानकारी दिइएको छ।
राजीनामा स्वीकृत भएपछि जनार्दन देव पन्तको अध्यक्ष पदमा नियुक्ति सोही मितिदेखि लागू भएको उल्लेख गरिएको छ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतप्राप्त लघुवित्त वित्तीय संस्था हो, जसले ग्रामीण तथा निम्न आयस्तरका समुदायमा वित्तीय पहुँच विस्तार गर्दै आएको छ।
For More:-Panth Nirdhan Utthan Chairman