सञ्चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस
५ असोज, काठमाडौं।
ईमेज टेलिभिजनका समाचार प्रमुख जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी थिइन्। त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा आयोजित विशेष समारोहबीच खरेललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउने भएका छन्।
खरेल दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका अनुभवी पत्रकार हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन्। लामो समयदेखि ईमेज टेलिभिजनमा समाचार वाचन तथा लोकप्रिय कार्यक्रम हटसीट सञ्चालन गर्दै आएका खरेललाई समाचार प्रमुखको जिम्मेवारीसमेत रहेको थियो।
प्रधानमन्त्री कार्कीले यसपटक राजनीतिक दलमा आबद्ध नभएका विषयगत विशेषज्ञलाई मन्त्री बनाउने निर्णयअनुसार खरेललाई मन्त्रीमा सिफारिस गरेकी हुन्।
सञ्चारमन्त्री बनेका खरेलसँग सञ्चार माध्यममा २५ वर्षभन्दा बढीको अनुभव छ। सञ्चार क्षेत्रको विकासमा उनको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
नवनियुक्त सञ्चारमन्त्री खरेललाई सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुहुने भएको हो ।
For More:-Jagdish Kharel Communications Minister