२१ साउन, काठमाडौं।
नेपालको अग्रणी अटोमोबाइल कम्पनी जगदम्बा मोटर्स प्रा.लि. ले व्यावसायिक विद्युतीय सवारी साधन (ईभी) को क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरेको छ।
शंकर समूह अन्तर्गतको यस प्रतिष्ठित कम्पनीले Farizon, Chery Wanda र King Long जस्ता चिनियाँ ब्रान्डहरू मार्फत १४ देखि १९ सिट क्षमताका बहुउपयोगी व्यावसायिक ईभीहरू नेपाली बजारमा ल्याएको हो। यी सवारीसाधनहरू ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा सार्वजनिक गरिएका हुन्।
नेपालमा निजी सवारी साधनमा विद्युतीय गाडीको अभूतपूर्व वृद्धि देखिएपछि अब व्यावसायिक ईभी क्षेत्रमा पनि उल्लेखनीय वृद्धि भइरहेको छ।
यही प्रवृत्तिलाई मध्यनजर गर्दै जगदम्बा मोटर्सले सार्वजनिक यातायात, कर्मचारी ढुवानी, तथा पर्यटनजस्ता प्रयोजनका लागि उपयुक्त ईभी भ्यानहरू प्रस्तुत गरेको छ।
Farizon – १९ सिटर भ्यान
Farizon, Geely Group अन्तर्गतको ब्रान्ड हो जसले विश्वस्तरीय प्रविधिमा आधारित पूर्ण इलेक्ट्रिक प्लेटफर्ममा आधारित गाडी निर्माण गर्छ। नाइमा एक्स्पोमा प्रस्तुत यो मोडलका प्रमुख विशेषताहरू निम्न रहेका छन्:
शक्तिशाली मोटर: १७०kW इलेक्ट्रिक मोटरका साथ नेपालका कठिन उकालो सडकहरू सहजै पार गर्ने क्षमता।
लामो रेन्ज: ८२.८८ kWh लिथियम ब्याट्रीले लामो दूरी यात्रा गर्न सक्षम बनाउँछ।
सुरक्षा मापदण्ड: EU WVTA प्रमाणपत्र प्राप्त, जसले युरोपेली युनियनको उच्च सुरक्षा र गुणस्तर मापदण्डमा आधारित रहेको प्रमाणित गर्छ।
फराकिलो सिट क्षमता: १९ सिट क्षमताको स्पेसियस भ्यान पर्यटक तथा अन्तरसहर सेवाका लागि उपयुक्त।
उन्नत सुरक्षा विशेषताहरु: डिस्क ब्रेक, एयरब्याग, ABS, EBD, 360° क्यामेरा, ADAS (Advanced Driver-Assistance Systems), AVAS (Acoustic Vehicle Alerting System) जस्ता अत्याधुनिक सुरक्षा प्रणालीहरू समावेश।
चालकका लागि आरामदायी अनुभव: एसी, हिटर, हीटेड सिट र स्टेरिङ जस्ता सुविधाहरूले चालकका लागि आरामदायी अनुभव प्रदान गर्छ।
वारेन्टी: ब्याट्रीमा ४ वर्ष वा ७ लाख किलोमिटर र मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरको वारेन्टी।
शुरुवाती मूल्य: रु. ७६,९०,०००।
Chery Wanda – १४ सिटर ईभी माइक्रोबस
चिनियाँ ब्रान्ड Chery र Wanda को संयुक्त निर्माण भएको यो माइक्रोबस सहरी आवागमनका लागि किफायती, भरपर्दो र सक्षम सवारी हो।
ब्याट्री: CATL ५३.५८ kWh ब्याट्री।
रेन्ज: NEDC रेन्ज ३०० किमी (प्रयोग सर्त अनुसार फरक पर्न सक्छ)।
ग्राउन्ड क्लियरेन्स: १८० मिमी।
वारेन्टी: ब्याट्रीमा ५ वर्ष वा ३ लाख किलोमिटर र मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरको वारेन्टी।
शुरुवाती मूल्य: रु. ५६.५ लाख मात्र।
जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेतवाल ले भने, “NAIMA Nepal Mobility Expo 2025 मा हामी विभिन्न व्यावसायिक ईभी समाधानहरू प्रस्तुत गर्दैछौँ।
हाम्रा गाडीहरूले ईभी पारिस्थितिकी तन्त्रलाई अझ मजबुत बनाउनेछ जुन व्यावसायिक चालकहरूमाथिको दवाव कम गर्ने दिशामा ठुलो कदम हुनेछ।”
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा जगदम्बा मोटर्सको स्टल D-16, Hall D मा रहेको छ। कार्यक्रममा सहभागी हुने ग्राहकहरूले बुकिङमा विशेष अफरहरू पनि प्राप्त गर्नेछन्।
For more: Jagdamba Commercial EVs Kathmandu