एसपीजी अटोमोबाइल्सद्वारा Jaecoo J5 प्रिमियम एसयूभी NAIMA Mobility Expo 2025 मा सार्वजनिक

Jaecoo J5 NAIMA Mobility Expo 2025
Share It On:

२१ साउन, काठमाडौं।

एसपीजी अटोमोबाइल्स प्रा.लि.ले २०८२ साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा भव्य रूपमा सुरु भएको NAIMA नेपाल मोबिलिटी एक्सपो २०२५ मा प्रिमियम एसयूभी ‘जेइको जे-५’ भव्य रूपमा सार्वजनिक गरेको छ। कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा E5 र जेइको J6 को लाइनअपसँगै नेपाली बजारमा नयाँ प्रिमियम एसयूभीको रूपमा जे-५ प्रस्तुत गरेको हो।

शहरी सडकदेखि अफ-रोड यात्रासम्म सहज बनाउन तयार पारिएको जेइको जे-५ ले उत्कृष्ट डिजाइन, प्रदर्शन र लक्जरीको सम्मिश्रण प्रस्तुत गर्दछ। रेन्ज रोभरबाट प्रेरित डिजाइन, १८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, १८-इन्च स्पेयर टायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज र ४८० लिटरको बुट स्पेस जस्ता बेस्ट-इन-क्लास विशेषताहरूले यसलाई नेपाली उपभोक्ताहरूका लागि एक विशेष र आकर्षक विकल्प बनाएको छ।

NAIMA एक्सपो विशेष अफर अन्तर्गत, जेइको जे-५ को मूल्य एमआरपी रु. ६०.९९ लाख तोकिएको भए तापनि, ग्राहकहरूले यसलाई रु. ५६.९९ लाखमा बुकिङ गर्न सक्नेछन्।

Omoda & Jaecoo का विशेष प्रस्तावहरू:

त्यसैगरी, कम्पनीले ओमोडा र जेइको ब्रान्डका नेपालमा उपलब्ध सफल मोडेलहरूमा पनि NAIMA विशेष मूल्यहरू लागू गरेको छ:

Omoda E5 – NAIMA विशेष मूल्य: रु. ५४.९९ लाख (सुरुवाती मूल्य: रु. ६१.९९ लाख)

Jaecoo J6 – NAIMA विशेष मूल्य: रु. ६५.९९ लाख (सुरुवाती मूल्य: रु. ७१.९९ लाख)

कम्पनीको भनाइ अनुसार:

ब्याट्रीको मूल्य घट्दै गएको र उत्पादन संख्या बढ्दै गएको अवस्थामा हाम्रो प्रमुख आपूर्ति कम्पनीले मूल्य समायोजन गरेको छ। सोही समायोजन बाट प्राप्त लाभ हामीले NAIMA मोबिलिटी एक्सपो २०२५ मा हाम्रो उचित मूल्य नीति मार्फत ग्राहकहरूलाई हस्तान्तरण गर्दैछौं

NAIMA Mobility Expo 2025 मा Omoda वा Jaecoo का कुनै पनि मोडेल बुक गर्ने सबै ग्राहकहरूले विशेष अफरहरू र आकर्षक छुटहरूको फाइदा लिन सक्नेछन्।

एसपीजी अटोमोबाइल्स प्रा.लि.को बारेमा

एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड नेपालमा ओमोडा र जेइको ब्रान्डको लागि आधिकारिक वितरक हो। यसले नेपाली ग्राहकहरूलाई यी ब्रान्डका गाडीहरूको विक्री, सेवा तथा उत्कृष्ट आफ्टर सेल्स सर्भिस प्रदान गर्दै आएको छ।

For More:- Jaecoo J5 NAIMA Mobility Expo 2025


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts