आईतबार, चैत ९, २०७६
ज्याकमा फाउन्डेसन र अलीबाबा फाउन्डेशनले आज एसोसियाका १० थप देशहरूलाई कोभिड १९ बिरूद्धको विश्व व्यापी लडाईमा सहयोग र्पुयाउन अत्यधिक आवश्यक चिकित्सा सामाग्रीहरु प्रदान गर्ने योजनाको घोषणा गरेको छ।
अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, मंगोलिया, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलंकाका सरकारहरूले यी दुई संस्थाहरू मार्फत १८ लाख मास्कहरु, २,१०,००० कोविड १९ टेस्ट किटहरु, ३६,००० सुरक्षात्मक कपडाहरुका साथै भेन्टीलेटर, निधार थर्मोमिटर र अन्य धेरै अत्यावश्यक चिकित्सा उपकरण र सामाग्रीहरु प्राप्त गर्ने छन्।
“गो एशिया! हामी एसियाका थप १० देशहरूमा आपतकालिन सामाग्रीहरु प्रदान गर्ने छौं, ”ज्याकमाले आफ्नो ट्विटर खाता मार्फत उनका फाउण्डेशनका प्रतिज्ञा घोषणा गरे। “छिटो डेलिभर गर्नु सजिलो छैन, तर हामी यसलाई पूरा गर्नेछौं!”
यस्तो विशाल संख्यामा वितरण गर्दा हुने चुनौतीहरुलाई जीत्न इलेक्ट्रोनिक वल्ड ट्रेड प्लेटफार्म “इडब्लुटीपी” को उपयोग गरीनेछ।
“महामारीको प्रकोपले विश्वव्यापी लजिस्टिक्स्मा चुनौतीहरू ल्याएको छ। इडब्ल्यूटीपीको सहयोगका साथ, हामी दुर्गम समुदायहरू सम्म अत्यावश्यक सामाग्रीहरुको वितरण छीटो भन्दा छीटो गर्न सक्दो कोशिश गरिरहेका छौं, ”इडब्ल्यूटीपीका महासचिवजुन्ताओ सङले भने।
यस हप्तानै यीदुई संस्थाहरूले मलेसिया, इन्डोनेसिया, थाईल्यान्ड र फिलिपिन्सलाई चिकित्सा सामाग्रीहरु अनुदान गर्ने घोषणा भएको थियो र वितरणको लागि इडब्ल्यूटीपीको को कडा क्षमताको पनि सहयोग लिइएको थियो।