१८ वैशाखदेखि आईटी प्लाजा महोत्सव, ल्यापटप-प्रोजेक्टरमा ८० प्रतिशतसम्म छुट

IT Plaza Festival 2025
Share It On:

१६ वैशाख, काठमाडौं।

काठमाडौंको कमलादीस्थित आईटी प्लाजामा यही १८ वैशाखदेखि ‘आईटी प्लाजा महोत्सव २०८२’ आयोजना हुने भएको छ। महोत्सवको अवधिमा ग्राहकहरूले विभिन्न ल्यापटप, मनि‍टर, प्रोजेक्टर लगायतका सामग्रीमा ८० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

आयोजकका अनुसार महोत्सवमा एसर (Acer), डेल (Dell), लेनोभो (Lenovo), असुस (ASUS), एमएसआई (MSI), साथै लजिटेक (Logitech), प्रोलिंक (Prolink) र थर्मल टेक (Thermaltake) जस्ता चर्चित ब्रान्डका सामग्रीहरूमा आकर्षक छुट उपलब्ध हुनेछ।

आईटी प्लाजामा नियो स्टोर, आईटीटीआई, टीएस इन्टरनेसनल, अनलाइन आईटी, ईभो स्टोर, बोस होम अप्लायन्सेस, म्याक्स इन्टरनेसनल र इनफाइनाइट सोलुसन्स जस्ता प्रतिष्ठित स्टोरहरू सहभागी रहनेछन्।

महोत्सव अवधिभर, खरिद गर्ने ग्राहकहरूले लक्की ड्र मार्फत ‘एसर नाइट्रो V15 गेमिङ ल्यापटप’ जित्ने अवसर प्राप्त गर्नेछन्। साथै, दैनिक ५ जना भाग्यशाली भिजिटरहरूले फोटो कन्टेस्टमार्फत विविध गिफ्टहरू जित्न सक्ने व्यवस्था गरिएको छ।

यस अफर १८ वैशाखदेखि २४ वैशाख २०८२ सम्म लागू हुनेछ। लक्की ड्रका विजेताहरूको घोषणा भने २९ वैशाखमा आईटी प्लाजाको सामाजिक सञ्जाल पेज र प्लाजाको इन-बिल्डिङ डिस्प्ले मार्फत गरिने आयोजकले जनाएको छ।

For more: IT Plaza Festival 2082


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *