श्री साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको आइपीओ निष्कासनका लागि एनआइएमबि एस क्याफिटल बिक्री तथा बित्री प्रबन्धकमा नियुक्त

IPO issuance of Shree Sasha
Share It On:

९ साउन काठमाडौं ।

श्री साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने २५,००,००० कित्ता साधारण शेयरहरु प्राथमिक सार्वजनिक निष्काशन मार्फत धितोपत्र निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौलाई निष्काशन तथा बिक्री प्रबन्ध नियुक्त गरेको छ ।

IPO issuance of Shree Sasha Engineering Hydropower 

सन् २००७ मा स्थापना भएको साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले दोलखा जिल्लामा अवस्थित खानि खोलाको पानि प्रयोग गरि ३० मेगावाट क्षमताको खानि खोला (दोलखा) जलविद्युत आयोजनाको सर्वेक्षणका लागि विद्युत ऐन, २०४९ बमोजिम विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र प्राप्त गरि उक्त आयोजनाबाट उत्फादन हुने विद्युत शक्ति खरिद बित्री गर्नका लागि नेपाल विद्युत प्राधिकरण संग विद्युत खरिद–बिक्री सम्झौता समेत गरिसकेको छ ।

हालसम्म उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ ।

धितोपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट अध्यक्ष पविक्र कुमार कार्की तथा र निष्काशन तथा बित्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  शिवान्त बहादुर पाँडेद्वारा हस्ताक्षर गरिएको छ ।

ऊक्त कार्यत्रममा साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडका कम्पनी सचिव दलिप कुमार चौधरी तथा एनआइएमबि एस क्यापिटल लिमिटेडका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाको समेत उपस्थिति रहेको थियो ।

IPO issuance of Shree Sasha Engineering Hydropower Limited


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts