इन्टरनेट सेवा बन्द हुन सक्नेप्रति क्यान महासंघको ध्यानाकर्षण
१८ वैशाख २०७९, काठमाडौं ।
इन्टरनेट सेवा प्रवाहका सम्बन्धमा विगत केहि दिनदेखि जिम्मेवार निकायहरुवाट ब्यक्त धारणाहरुप्रति क्यान महासंघको ध्यानाकर्षण भएको छ ।
Advertisement
इन्टरनेट सेवा प्रदायकहरूले विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटहि सिफारिस एवं महालेखापरीक्षकको वार्षिक प्रतिवेदनका आधारमा बेरुजुका सन्दर्भमा बिभिन्न निकायहरुविच बुझाईमा असमानताका कारण ब्यान्डविथको शुल्क तिर्न बिलम्ब हुनाका कारण इन्टरनेट सेवा बाधित हुने सक्ने प्रति क्यान महासंघ चिन्ता ब्यक्त गर्दछ एवं समस्या समाधानका निम्ति सम्बन्धित निकायहरुलाई जिम्मेवारीपुर्वक यथासिघ्र वार्ता एवं छलफलको निम्ति हार्दिक अनुरोध गर्दछ ।

