इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई व्यवस्थित गरिने
२७ चैत २०७९, काठमाडौं।
इन्टरनेट सेवा प्रदायक संघले होटेल शंकर, लाजिम्पाटमा इन्टरनेट सेवा प्रदायकहरुका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख कार्यकारी निर्देशक सहितको उपस्थितिमा बिशेष भेला गरेको छ ।
इन्टरनेट सेवा प्रदायकहरुका बीच सहकार्य गर्न आहवान गरिएको उक्त भेलामा सेवा प्रदायहरुको बृहत छलफल पश्चात तपशिल बमोजिमका निर्णयहरु गरिएको यसै प्रेस बिज्ञप्ति मार्फत जानकारी गराउदछौँ।
निर्णयहरु:
- १० नेपाल सरकारले लिएको डिजिटल फाउन्डेसनको लक्ष्यलाई आत्मसाथ गरी विश्व मापदण्ड अनुसार सेवा गुणस्तरमा सुधार गर्दै जाने ।
- २० इन्टरनेट सेवा र यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र गरिमामय बनाउन इन्टरनेट सेवा प्रदायकहरुले हातेमालो गर्दै अघि बढ्ने।
- ३० माथि उल्लेखित बुंदाहरु ९बुंदा १ र बुंदा २० कार्यानव्यन गर्नका लागि इन्टरनेट सेवा प्रदायकहरुले आवश्यक कार्य गर्नेरगराउने ।
- ४० उक्त लक्ष्य प्राप्त गर्नका लागि सम्पूर्ण आवश्यक तयारी गर्ने, क्इए निर्माण, प्रक्रियागत सुधार लगायतका आवश्यक कार्यहरु गर्ने ।
- ५० नेपाल दूरसंचार प्राधिकरण र नेपाल सरकारको सम्बन्धित निकायसंग इन्टरनेट क्षेत्रलाई व्यवस्थित एबं गरिमामय बनाउनका लागि आवश्यक छलफलर हातेमालोर सहकार्य गर्दै जाने निर्णय भएको छ ।