सिटिजन्स बैंकद्वारा क्रस बोर्डर व्यवसायिक भुक्तानी सेवा सुरु

international Payment Transactions
Share It On:

१६ फागुन, काठमाडौं।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा क्रस बोर्डर व्यवसायिक भुक्तानी सेवा सुरु गरेको छ ।

यस अन्तर्गत पहिलो चरणमा सिटिजन्समार्फत क्यूआर भुक्तानी सेवा लिएका व्यवसायमा कारोबार गर्दा भारतीय एप मार्फत भुक्तनी गर्न सकिनेछ।

हाललाई यस्तो सेवा भारतीय एप भिम र फोनपे एपमार्फत नेपालस्थित सिटिजन्स बैंकका फोनपे क्यूआरमार्फत गर्न सकिने भए पनि भविष्यमा बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत भारतमा समेत कारेबार गर्न मिल्ने व्यवस्था गर्न लागिएको बैंकले जनाएको छ।

यसका साथै सिटिजन्स बैंककै मोबाइल बैकिंङ्ग प्रयोग गरि भारतमा र भारतबाट सिटिजन्स बैंकका खातामा समेत रकमान्तर गर्न मिल्ने गरि कार्य भइरहेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटिएम र ९७ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट १७ लाख २६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिँदै आएको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *