इनड्राइभको दशैं विशेष: ड्राइभरहरुका लागि 0% सेवा शुल्क
७ असोज, काठमाडौं।
ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले यस दशैंको अवसरमा काठमाडौंका ड्राइभर पार्टनरहरुको लागि विशेष सुविधा ल्याएको छ ।
यसको पियर-टु-पियर (#पी-टु-पी) मोडलमार्फत इनड्राइभले यात्रु र चालक दुवैलाई स्वतन्त्र रूपले राइड लिने अधिकार र फेयर मूल्य निर्धारणको सुविधा प्रदान गर्दै सुरक्षित, किफायती र सहज यात्राको अनुभव सुनिश्चित गर्दछ ।
फ्रीडम अफ चोइस् र फेयर प्राइस
इनड्राइभमार्फत यात्रु र चालकले यात्रा सुरु हुनुअघि नै भाडाबारे आपसी सहमति गर्ने हुनाले दुवैतर्फ उचित मूल्य तय हुन्छ। यो पी-टु-पी मोडलले पारदर्शिता र फलेक्जीविलिटी सुनिश्चित गर्छ, जसले दुबै पक्षलाई आफ्ना लागि उपयुक्त विकल्प छान्ने अधिकार दिन्छ।
यसले गर्दा दुवै पक्षलाई वास्तविक स्वतन्त्रताको अनुभव हुन्छ ।
ड्राइभरहरुका लागि 0% सेवा शुल्क
दशैंको अवसरमा इनड्राइभले राजधानीका आफ्ना ड्राइभर पार्टनरहरूलाई विशेष ध्यानमा राख्दै उनीहरुलाई 0% सेवा शुल्कको घोषणा गरेको छ। यस अन्तर्गत दशैं अवधिभर ड्राइभरहरूले कुनै पनि सेवा शुल्क तिर्नुपर्ने छैन र राईडको क्रममा भएको सम्पूर्ण आम्दानी उनीहरूले नै १००% राख्न पाउनेछन्।
आशीर्वाद र सद्भाव बाँड्ने समय दशैंको अवसरमा इनड्राइभले आफ्नो सेवाको मूल आधार चालकहरूप्रति आभार प्रकट गर्न 0% सेवा शुल्कको घोषणा गरेको हो। यस अवसरमा चालकहरूले थप आम्दानी गर्दै आर्थिक बोझ हल्का गर्ने र निश्चिन्त भएर आफ्नो परिवारसँग रमाइलो समय बिताउन सक्नेछन् ।
“इनड्राइभमा हामी आफूलाई ठूलो समुदायको हिस्सा मान्छौं। हामीलाई विश्वास छ कि आपसी सहयोग र समर्थनमै बलियो समुदाय निर्माण हुन्छ। यसै भावना अनुरूप दशैंको अवसरमा हामीले ड्राइभर पार्टनरहरूलाई थप आम्दानी गर्न सहयोग पुग्ने र यात्रुहरूले पनि सुरक्षित तथा निष्पक्ष यात्राको अनुभव पाउन सक्ने वातावरण बनाउन चालकहरूका लागि 0% सेवा शुल्कको सुविधा उपलब्ध गराएका छौं,” इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रीता पोखरेलले भनिन्।
सुरक्षा इनड्राइभको सर्वोच्च प्राथमिकता हो। यात्रु तथा उनीहरूका प्रियजनहरूको लागि रियल-टाइम राइड ट्र्याकिङ, चालक र यात्रु दुवैका लागि विश्वसनिय र पारदर्शी रेटिङ प्रणाली, चाँडो सहायता उपलब्ध गराउने र हप्ताको सातै दिन चौबिसै घण्टा चल्ने इन-एप सपोर्ट तथा यात्रुहरूले राईडको विवरण आफ्नो विश्वसनीय सम्पर्कमा शेयर गर्न सक्ने “सेयर-ट्रिप” जस्ता सुविधाहरू मार्फत इनड्राइभले सुरक्षालाई प्रभावकारी रूपमा मजबुत बनाएको छ।
यी फिचरहरूले प्रत्येक यात्रा केवल सुविधाजनक र न्यायोचित मात्र नभई सुरक्षित र भरपर्दो पनि बनाउँछ।
यस दशैंमा इनड्राइभ काठमाडौंका यात्रुहरूलाई थप यात्रा गर्न र स्थानीय चालकहरूलाई राइड लिन आमन्त्रण गर्दछ। इनड्राइभ रोज्दा यात्रुहरूले किफायती, सुरक्षित र आफ्नो रोजाई अनुसारको यात्रा गर्न पाउँछन् भने चालकहरूले आफ्नो मेहनतको आम्दानी बढी राख्न सक्छन्। यसरी समुदायले दशैंलाई अझ बढी खुशी र समृद्धिसहित मनाउन सक्नेछ।
For more: inDrive’s Dashain 2082 Celebration