इनड्राइभ नेपालद्वारा ‘यात्रु-चालक रोजाइमा आधारित’ नयाँ अभियान सुरु, स्वस्तिमा खड्का ब्रान्ड एम्बेसडर
२४ कात्तिक २०८२, काठमाडौं ।
ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा नयाँ क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा” सुरु गरेको छ । यो क्याम्पेनले कम्पनीको केन्द्रीय मूल्य मान्यताहरु स्वतन्त्रता, निष्पक्षता, र पारदर्शितालाई उजागर गर्छ ।
“इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा”
इनड्राइभको यो अभियानले यसको पियर–टु–पियर (एद्दए) मोडललाई आत्मसात गर्दछ, जसले यसलाई विश्वकै सबैभन्दा पारदर्र्शी राइड–हेलिङ प्लेटफर्मको रूपमा चिनाउँछ।
अरु प्लेटफर्महरू भन्दा भिन्न रहेर इनड्राइभले यात्रु र चालक दुवैलाई समान सशक्तिकरण प्रदान गर्दै आपसी सहमतिमा भाडा तय गर्ने स्वतन्त्रता प्रदान गर्दछ ।
यस मोडलअन्तर्गत यात्रुहरुले आफ्नै भाडा प्रस्ताव गर्न सक्नुको साथै सवारीको मोडल, चालकको रेटिङ, र आउन लाग्ने समयका आधारमा उपलब्ध प्रस्तावहरू मध्ये रोजेर राइड लिन सक्छन् ।
यसले दुवै पक्षका लागि पूर्ण पारदर्शिता र नियन्त्रण सुनिश्चित गर्छ ।
यस दृष्टिकोणले समानता, सम्मान, र आपसी निर्णय प्रक्रियालाई सुदृढ बनाउँदै प्रत्येक यात्राको केन्द्रमा ‘रोजाइको स्वतन्त्रता’ लाई राखेको छ । इनड्राइभको सिद्धान्त नै प्रयोगकर्ताहरुलाई आफ्नो यात्रामाथि अधिकार र नियन्त्रण दिनु हो ।
अभियानको मुख्य भूमिकामा चर्चित कलाकार स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ । यसमार्फत इनड्राइभले स्वतन्त्रता, मौलिकता र सशक्तिकरणलाई प्राथमिकता दिने नेपाली युवापुस्तासँग अझ गहिरो सम्बन्ध कायम गरेकोे छ ।
“इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा” भन्ने सन्देशले इनड्राइभको “पिपुल फस्र्ट” दृष्टिकोणलाई पुनः पुष्टि गर्छ, जहाँ निष्पक्षता र स्वतन्त्रता चाहने बलियो समुदायको निर्माणमा जोड दिइएको छ ।
इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटीभ रीता पोखरेल भनिन्, “हाम्रो क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा” ले इनड्राइभको प्रमुख मूल्य मान्यताहरु “स्वतन्त्रता, समानता र समुदाय” लाई प्रतिबिम्बित गर्छ ।
प्रत्येक यात्रा सशक्तिकरण र पारदर्शिताबाट सुरु हुनुपर्छ, जहाँ चालक र यात्रु दुवैको समान अधिकार हुन्छ भन्ने हाम्रो विश्वास रहेको छ । इनड्राइभ सधैं समुदायलाई वास्तविक रोजाइको स्वतन्त्रता दिएर सशक्त बनाउने पक्षमा रहँदै आएको छ ।
यस क्याम्पेनमार्फत हामी निष्पक्ष मोबिलिटी र पारदर्शिता प्रतिको हाम्रो प्रतिबद्धता अझ सुदृढ गर्न चाहन्छौं।
नेपालका प्रत्येक चालक र यात्रुहरुले उनीहरूको रोजाइ साँच्चै महत्वपूर्ण छ भन्ने महसुस गरुन भन्ने हामी चाहन्छौं ।”
यस अभियानसँगै इनड्राइभले नेपालमा अर्बन कम्युनिटीलाई पुनः परिभाषित गर्ने लक्ष्य लिएको छ जहाँ स्वतन्त्रता, निष्पक्षता र समुदाय प्रत्येक यात्राको सार बन्नेछ।
For more: inDrive Your Journey Begins



