इनड्राइभद्वारा ८० जना उत्कृष्ट चालक सम्मानित: ‘बिश्वासको सम्मान’ अवार्डबाट ड्राइभर पार्टनरको कदर
२८ फागुन, काठमाडौँ ।
नेपालको लोकप्रिय राइड-हेलिङ प्लेटफर्म इनड्राइभले आफ्ना उत्कृष्ट चालकहरूको मेहेनत र निष्ठालाई कदर गर्दै ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः विश्वासको सम्मान’ आयोजना गरेको छ।
राजधानीमा आयोजित एक विशेष समारोहका बीच क्याब र मोटरबाइक (मोटो) श्रेणीका ड्राइभर पार्टनरहरूको विश्वास, समर्पण र निरन्तरको उत्कृष्ट प्रदर्शनलाई सम्मान गरिएको हो।
यो कार्यक्रमले इनड्राइभ प्लेटफर्ममा आबद्ध चालकहरू र यात्रुबीचको आपसी सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
विश्वास र समर्पणको उत्सव कार्यक्रमको उद्घाटन गर्दै इनड्राइभकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले नेपालमा इनड्राइभको सफलताको मुख्य आधार नै ड्राइभर–पार्टनर र यात्रुबीचको आपसी विश्वास भएको बताउनुभयो।
उहाँले यो अवार्ड समारोह केवल एउटा कार्यक्रम मात्र नभई चालकहरूको इमान्दारिता र सेवा भावप्रतिको उच्च कदर भएको उल्लेख गर्नुभयो। समारोहमा अभिनेत्री प्रियंका कार्कीको विशेष उपस्थिति रहेको थियो, जहाँ सुनिता जीमी राई, योक्ष द्वि आद्रियान्तो र अनास्तासिया तेरेन्तिएभाले संयुक्त रूपमा विजेताहरूलाई अवार्ड प्रदान गर्नुभएको थियो।
विभिन्न विधामा अवार्ड वितरण समारोहमा कुल ८० जना ड्राइभर–पार्टनरहरूलाई विभिन्न तीन मुख्य विधामा सम्मानित गरियो। जसमा पाँच वर्षदेखि प्लेटफर्मप्रति निरन्तर प्रतिबद्ध रहेका १० क्याब र १० मोटो चालकलाई ‘टप परफर्मिङ ड्राइभर पार्टनर– पाँच वर्ष’ अवार्ड प्रदान गरियो। त्यसैगरी, विगत तीन वर्षदेखि उत्कृष्ट सेवा दिँदै आएका १० क्याब र १० मोटो चालकलाई पनि सम्मान गरियो।
सन् २०२५ मा उत्कृष्ट प्रदर्शन गर्ने विधामा भने समावेशितालाई ध्यान दिँदै १० पुरुष क्याब, १० पुरुष मोटो, १० महिला क्याब र १० महिला मोटो चालकहरूलाई पुरस्कृत गरिएको थियो।
शहरी यातायातमा योगदान र भविष्यको लक्ष्य काठमाडौँको शहरी यातायातलाई सहज र सुदृढ बनाउन पुर्याएको योगदानका लागि सम्मानित चालकहरूको व्यावसायिकता र विश्वसनीयताको प्रशंसा गरिएको थियो।
कार्यक्रमको समापन सत्रमा बोल्दै एपीएसीका ड्राइभर्स मार्केटिङ्ग लीड योक्षा द्वी एड्रियान्टोले दिगो प्लेटफर्म विकासका लागि चालकहरूको संलग्नता र सम्मान अनिवार्य रहेकोमा जोड दिनुभयो।
इनड्राइभले आगामी दिनमा पनि संख्यात्मक वृद्धिलाई मात्र नभई सेवाको गुणस्तर, विश्वास र इमान्दारिता जस्ता मूल्यहरूलाई प्रवद्र्धन गरिरहने प्रतिबद्धता जनाएको छ।
For more: inDrive Celebrates Excellence Nepal


