४ फागुन २०७९, काठमाडौं ।
आइएमई पे मार्फत ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक फाइन भुक्तान गर्न मिल्ने सुविधा थपिएको छ ।
ग्राहकवर्गहरूलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी, जस्तै कर भुक्तानी, लोक सेवाको भुक्तानी गर्न, ट्राफिक फाइन भुक्तानी गर्न सक्नुहुन्छ ।
ग्राहकवर्गहरुले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा जारी गरिएको हो । ट्राफिक फाइन तिर्नका लागि ग्राहकहरूले आइएमई पेको एपमा गवर्नमेन्ट सेवामा गइ सुचीमा देखाइएको ट्राफिक फाइनमा गइ मागिएको विवरण भरेर सजिलैसँग फाइन भुक्तानी गन सक्नुहुन्छ ।
आइएमई पेको बारेमाः
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।
आइएमई पे आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन ।
यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा त्तच् स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ ।
यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।
२० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।