नेपालको सबैभन्दा सुरक्षित विधुत्तिय वालेट भनेकै आइएमई पे

IME Pay Nepal's Secure
Share It On:

२५ साउन, काठमाडौं । 

आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे”ले हालै ‘सिसा पिसिआई डीएसएस-4.0″ प्रमाणीकरण प्राप्त गरेको छ ।

IME Pay Nepal’s Most Secure

यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो पिसिआई डीएसएस 4.0 प्राप्त गर्ने संस्था हुनुको साथै  सबैभन्दा सुरक्षित तथा भरपर्दो विधुत्तिय भुक्तानी माध्यम बन्न सफल भएको छ।

आफ्नो स्थापनाकाल देखिनै सेवाग्राहीहरुको व्यक्तिगत जानकारी तथा विवरणहरूको विशेष सुरक्षा गर्दै आएको आइएमई पेले केही समय यता सिसा इन्फरमेसन सेक्युरिटी मार्फत पिसिआई डीएसएसको मापदण्डहरु पुरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो।

सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नविकरण गरिन्छ। यसैक्रममा यो वर्ष पनि आइएमई पेले सिसा पिसिआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुराएर नविकरण गरेको छ।

आइएमई पेले अन्तरराष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीहरूको गोपनियता कायम गर्नका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो।

 आइएमई पेको बारेमा:

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली- २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन। यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा QR स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ।

आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योग्दान पुर्याउने लक्ष्य लिएको छ।

२० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

IME Pay Nepal’s Most Secure and Trusted E-Wallet


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *