६ जेठ, काठमाडौं ।
आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरू अब भक्तपुरस्थित प्रेम दरबार होटलमा विशेष छुट हुने भएको छ।
IME Life special discount
उक्त सम्झौता अनुसार बीमितहरूले टिकटमा ५०% र होटलको सम्पूर्ण सुविधामा ३५% सम्मको छुट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको हो।
यो छुट सुविधा कम्पनीले उपलब्ध गराउने IME LIFE Mobile App मा देखिने क्युआर (QR) कोड प्रयोग गरेर प्राप्त गर्न सकिन्छ। बीमितहरूले सजिलै मोबाइल एपमार्फत उक्त छुट उपयोग गर्न सक्नेछन्।
यता, अभिकर्ता तथा कर्मचारीहरूले भने कम्पनीबाट जारी गरिएको आधिकारिक परिचयपत्र देखाएर मात्र छुट सुविधा प्राप्त गर्न सक्नेछन्।
कम्पनीले यस छुट कार्यक्रमलाई बीमित तथा कर्मचारीहरूको सुविधाका लागि विशेष प्रोत्साहनको रूपमा अघि सारेको बताएको छ।
For More:-IME Life special discount
#आईएमईलाइफ #बीमितकोलागिछुट #प्रेमदरवारछुट #इन्स्योरेन्सअफर #कर्मचारीछुट #अभिकर्तालाभ #विशेषछुट #नेपालीइन्स्योरेन्स #आईएमईलाइफअफर #ICTFrameनेपाल