आई. एम. ई. लाइफ इन्स्योरेन्सले ३ विधामा जित्यो इमर्जिङ एसिया अवार्ड

IME Life Insurance Emerging Asia Awards
Share It On:

२७ माघ, काठमाडौं ।

आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौँ संस्करणको “इमर्जिङ एसिया अवार्डमा” तीन विधामा अवार्ड जित्न सफल भएको छ ।

IME Life Insurance Emerging Asia Awards

कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड (Best Life Insurance Award), जितेको बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड (Best
Strategies for Insurance Spreading)  र बीमा नेतृत्वमा महिला (Women in Insurance Leadership गरि तीन विधाको अवार्डमा जित्न सफल भएको छ ।

यस प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट निर्णायकले निर्णय गरेको थियो । यस कार्यक्रमले आई एम ई लाइफ इन्स्योरेन्सको ग्राहक–केंद्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामुलक नेतृत्वको कदर गरेको छ ।

नेपालभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने हाम्रो उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको छ ।

कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आई. एम. ई. लाइफका प्रमुख कार्यकारी अधिकृत  पवन कुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रुपमा सहभागी भएका थिए ।  जिम विचर्डले आफ्नो २८ वर्षभन्दा बढी विश्वव्यापी अनुभव र बीमा उद्योग तथा चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पारे ।

कार्यक्रममा डा. राजीव सिंह, डाइरेक्टर जनरल(डी.जी.) आइसिसी, अतनु सेन,  जिम बिचर्ड ग्लोबल इन्स्योरेन्स लिडर पि डब्लु सि (Global Insurance Leader at PwC) ले विशेष सम्बोधन गरेका थिए ।

For More:- IME Life Insurance Emerging Asia Awards


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *