१३ साउन, काठमाडौं।
नेपालमा खाद्य उद्योगको रुपान्तरणका लागि एक उल्लेखनीय पहलस्वरूप सग्तानी ग्रुप, LAIEF Ice Cream Machineries, र नेपाल–इटाली उद्योग वाणिज्य संघ (NICCI) को संयुक्त आयोजनामा “गाँस उत्पादनको प्रविधिमा रुपान्तरण: नेपालमा आइस्क्रीम उत्पादन” विषयक कार्यक्रम राजधानी काठमाडौंमा सम्पन्न भयो।
उक्त कार्यक्रममा नेपाल र इटालीका खाद्य उद्योग क्षेत्रका विज्ञ, व्यवसायी, तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा इटालीका प्रतिष्ठित ब्रान्डहरू LAIEF, Technoice, Packint, र Cold Car—ले निर्माणदेखि ढुवानीसम्मका विभिन्न चरणहरू समेट्ने, नवीनतम तथा दिगो प्रविधिहरू प्रस्तुत गरे।
यस कार्यक्रमले नेपालमा प्रशोधित जमेको पेय तथा डेरी उत्पादन (फ्रोजन डेजर्ट) क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउने दिशामा महत्वपूर्ण पाइला चालेको छ। साथै, नेपाल–इटालीबीचको औद्योगिक साझेदारी र व्यापार सम्बन्धलाई थप मजबुत बनाउने सेतुको रूपमा समेत यसले भूमिका खेलेको छ।
सग्तानी ग्रुप र अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्यले भविष्यमा नेपाली उद्योगलाई थप प्रविधिमैत्री, दिगो र प्रतिस्पर्धात्मक बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।
For more: IceCream Production in Nepal