नेपाली बजारमा लाइफस्टाइल इलेक्ट्रिक SUV iCAUR V23 सार्वजनिक: ८ प्रमुख सहरहरूमा एकैसाथ अनावरण
२२ माघ, काठमाडौँ।
शारडा ग्रुप अन्तर्गतको आधिकारिक बिक्रेता SPG Automobiles Pvt. Ltd. ले नेपाली अटोमोबाइल इतिहासमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै आफ्नो नयाँ लाइफस्टाइल इलेक्ट्रिक SUV iCAUR V23 लाई देशका आठ प्रमुख सहरहरूमा एकैसाथ सार्वजनिक गरेको छ।
आज, २०८२ माघ २२ (५ फेब्रुअरी २०२६) का दिन निम्न स्थानहरूमा यस गाडीको भव्य अनावरण गरिएको हो- बिर्तामोड, विराटनगर (ओमोडा एण्ड जेइको शोरुम), वीरगंज, बुटवल, दाङ, सुर्खेत, नेपालगंज, धनगढी ।
क्लासिक डिजाइन र आधुनिक प्रविधिको संगम iCAUR V23 एक रेट्रो-प्रेरित, पूर्ण-इलेक्ट्रिक अफ-रोड SUV हो, जसले क्लासिक रफ डिजाइन र अत्याधुनिक प्रविधिलाई सन्तुलित रूपमा प्रस्तुत गर्दछ।
यसमा ५९.९३ kWh को LFP ब्याट्री र १०० kW को मोटर रहेको छ, जसले ४०१ किमी (CLTC) सम्मको रेन्ज प्रदान गर्दछ। यसको आकर्षक “बक्सी” लुक्स, क्लासिक गोलो हेडलाइट र २१०mm को उत्कृष्ट ग्राउन्ड क्लियरेन्सले यसलाई सहर र अफ-रोड दुवैका लागि उपयुक्त बनाएको छ। गाडीमा १३.२ इन्चको प्रिमियम इन्फोटेनमेन्ट डिस्प्ले र सुरक्षाका लागि लेभल २ को एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) जडान गरिएको छ।
iCAUR V23 को मूल्य रु. ४९.९९ लाख तोकिएको छ। हाल नेपालभर १८ भन्दा बढी नेटवर्क टचपोइन्ट र २१ भन्दा बढी चार्जिङ स्टेशनहरू स्थापना गरिसकेको SPG अटोमोबाइल्सले नेपालमा ‘ग्रीन इनर्जी’ सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिरहेको छ।
प्रि-बुकिङ गरेका ग्राहकहरूका लागि देशभरका शोरुम र आधिकारिक डिलरहरू मार्फत गाडीको डेलिभरी तुरुन्तै सुरु गरिनेछ।
SPG Automobiles Pvt. Ltd. को बारेमा:
सन् १९३१ मा स्थापित शारडा ग्रुपको एक हिस्सा रहेको SPG अटोमोबाइल्स नेपालमा ओमोडा एण्ड जेइको (Omoda & Jaecoo) र iCAR को आधिकारिक बिक्रेता हो। कम्पनीले देशभर उच्च प्रदर्शन गर्ने र वातावरणमैत्री सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ।
For more: iCAUR V23 Launched Nepal



