९ भदौ, काठमाडौं ।
नेपालमा ओमोडा एन्ड जेइकोको गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले बहुप्रतिक्षित ‘आइकार भि-२३ (iCAUR v23)’ को पहिलो झलक भदौ ९ गते गै.रीधारास्थित, सिल्भर ओकमा आयोजित ‘प्रिभ्यू कार्यक्रम’मा प्रस्तुत गरेको छ ।
ओमोडा एन्ड जेइको र iCAUR दुवै चिनियाँ अटोमोबाइल निर्माता ‘चेरि ग्रुप’को हिस्सा हो, जसले विगत दुई दशकदेखि चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ताको स्थान कायम राख्दै आएको छ । चेरिले विश्वका ८० भन्दा बढी मुलुक र क्षेत्रहरूमा निर्यात गर्दै विश्वभर १ करोड ३० लाख भन्दा बढी सवारीसाधन वितरण गरी बलियो अन्तर्राष्ट्रिय उपस्थिति बनाएको छ ।
iCAUR V23 ले रगेड एस्थेटिक्स र अत्याधुनिक प्रविधिको संयोजनमार्फत आफ्नो श्रेणीमा नयाँ ‘बेन्चमार्क’ स्थापित गरेको छ । साइबर-टेक डिजाइन सहितको यो रेट्रो-क्लासिक एसयुभि टफ (मजबुत) मात्र नभई अत्यन्त सुक्ष्म इन्जिनियरिङमा आधारित छ ।
यसमा १०० किलोवाटको सिङ्गल मोटर सेटअप रहेको छ जसले १८० न्युटनमिटरको टर्क प्रदान गर्छ, साथै ५९.९३ किलोवाटआवरको ब्याट्री प्याकसहित उपलब्ध छ ।
यस एसयुभीको लम्बाइ ४,२२० मिलिमिटर, चौडाइ १,९१५ mm, उचाइ १,८४५ मिलिमिटर र ह्विलबेस २,७३५ मिलिमिटर रहेको छ, जसले सन्तुलित उपस्थिति (स्टेन्स) र स्पेसियस प्रपोसन्नस (बनावट) सुनिश्चित गर्दछ ।
नेपालसहित विश्वभर रगेड देखिने विद्युतीय सवारीसाधनप्रति बढ्दो उपभोक्ता चासोलाई प्रतिबिम्बित गर्दै, V23, छ वटा विभिन्न रंग विकल्पमा उपलब्ध हुनेछ ।
यसको क्याबिनले आराम र व्यावहारिकतालाई प्राथमिकता दिएको छ, अगाडिको प्रशस्त स्पेसले दुवै ढोकाबाट सजिलै भित्र आउने र निस्कने गर्न मद्दत गर्छ भने पछाडिको रियर सिटिङ अझ फराकिलो छ ।
यस एसयुभिको भित्र विशेष रूपमा डिजाइन गरिएका ‘मेकानिकल नबहरू (डायलहरू)’ रहेको छ, जसले ट्याक्टाइल (स्पर्शजन्य) विशेषताहरूलाई र आधुनिक स्टाइलिङमा प्रस्तुत गर्दछ ।
यो एसयुभिको ७०% भन्दा बढी भाग, हाइ-स्ट्रेन्थ-स्टिलको प्रयोग गरी हाइ-रिजिडिटी बडीमा निर्मित रहेको छ । V23 ले ‘इन्टरप्राइज-ग्रेड ब्याट्री सेफ्टि’ मापदण्ड पालना गरेको छ, जसले iCAUR को टिकाउपन र सुरक्षाप्रतिको प्रतिबद्धतालाई झल्काउँछ ।
कार्यक्रममा सहभागीहरूले गाडीको ‘इन्टेलिजेन्ट टेक’ विशेषताहरूको प्रत्यक्ष अनुभव गरेका थिए भने ड्राइभिङ अनुभव पनि लिने मौका पाएका थिए ।
ओमोडा एन्ड जेइकोको समेत आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपाली ग्राहकहरूका लागि विद्युतीय सवारी अनुभवलाई नयाँ स्तरमा पुर्याउने लक्ष्य राखेको छ । iCAUR एक नयाँ पुस्ताको विद्युतीय सवारीसाधन ब्रान्ड हो जसको ग्लोबल सार्वजनिकिकरण अगस्ट २०२५ मा भएको हो ।
यसको पहिलो मोडल v23 नेपालमा समेत छिट्टै सार्वजनिक हुँदैछ, जसले रगेड एडभेन्चर-रेडि क्षमता र स्मार्ट प्रविधिलाई एकैसाथ जोड्दै एसयुभि श्रेणीमा नयाँ परिभाषा दिन्छ ।
एसपीजी अटोमोबाइल्स प्रा.लि. बारेमा:
एसपीजी अटोमोबाइल्स प्रा.लि. नेपालमा ओमोडा र जेइको गाडीहरूको आधिकारिक वितरक हो। कम्पनीले नेपालमा Omoda E5, Jaecoo J6 र हालसालै लोन्च भएको Jaecoo J5 बिक्री गर्दै आएको छ।
थप जानकारीका लागि: iCAUR v23 Kathmandu Nepal