खोला किनारामा रहेका हाइड्रोपावरका उपकरणहरु तत्काल हटाउन निर्देशन
१८ असोज २०८२, काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार संरचना र यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले खोला किनारामा राखिएका हाइड्रोपावर प्रोजेक्टहरुका उपकरणहरु तत्कालै हटाई सुरक्षित ठाउँमा राख्न अनुरोध गरेका छन् ।
शनिबार आयोजित बैठकमा बोल्दै उनले भारी वर्षाले सडक, सिंचाइ, हाइड्रोपावर लगायत संरचनाहरुमा धेरै क्षति पुग्ने भन्दै त्यसका उपकरणहरु सुरक्षित स्थानमा राख्न आग्रह गरेका हुन् ।
‘देशका सुदुरपश्चिम र कर्णालीका भूभाग बाहेक अन्य क्षेत्रमा भारी वर्षा हुने सम्भावना देखिएको छ । यसले गर्दा सडक सञ्जाल, सिँचाईका सञ्जालहरु, हाइड्रोपावरका संरचनाहरुमा धेरै क्षति पुग्न सक्छ । तत् निकायले आफ्नो संरचनाहरुलाई जोगाउने हिसावले काम गर्नुपर्छ,’ उनले भने, ‘खोला किनारातिर उपकरणहरु छन् भने हटाउन पर्यो, प्रोजेक्टहरुले सतर्कता अपनाउन पर्यो । ठुला–ठुला प्रोजेक्टहरुले धेरै साधनहरु/उपकरण राखिरहेका हुन्छन् ती उपकरण बगाउने, पहिरोले पुर्ने सम्भावना हुन्छ त्यसलाई सहि ठाउँमा राख्नुपर्यो ।’
उनले काठमाडौंवासीसहित नदी किनारामा बस्ने आम जनसमुदायलाई विषेश सर्तकता अपनाउन आग्रह गरेका छन् । मन्त्री घिसिङले सडकमा अलपत्र परेका व्यक्ति तथा सवारी साधनहरुलाई उद्दार गर्न तुरुन्तै गर्न पनि निर्देशन दिए ।
‘सडकमा उद्दारको विषय धेरै छन् । तत्कालै उद्दार गर्नुपर्ने, उपकरणहरु सञ्चालन गर्नुपर्ने ठाउँमा तत्कालै गर्नुपर्यो । बसहरु फसेका छन् भने त्यसलाई पास गर्नुपर्छ भने तुरुन्तै त्यसलाई बाटो खुलाएर अथवा के गरेर हुन्छ पास गर्नुपर्छ । सिँचाईका गेटहरु खोल्नुपर्ने हुन्छ,’ उनले भने । उनले डिभिजन, कार्यालयका कर्मचारी सम्पूर्णलाई तयारीरुपमा रहन निर्देशन दिएका छन् ।
For More:-hydropower equipment removal directive