सञ्चालनको दुई महिनामै हायात प्लेस बुटवलको लोभलाग्दो सफलता: पाहुनाको बन्यो पहिलो रोजाइ
१४ पुस २०८२, काठमाडौं ।
सन् २०२५ लाई भव्य रूपमा बिदा गर्दै गर्दा हायात प्लेस बुटवलले सञ्चालनको छोटो अवधिमै पाहुनाहरूबाट पाएको अपार माया र सकारात्मक प्रतिक्रियाले उत्साहित भएको जनाएको छ। होटलले सञ्चालनको मात्र दुई महिनामै उल्लेखनीय आकर्षण र विश्वास जित्न सफल भएको बताएको छ।
प्रकृति, आध्यात्मिक मार्ग र साहसिक अनुभवको संगम रहेको आफ्नो लोकेसनलाई पाहुनाहरूले विशेष रुचाएको हायात प्लेस बुटवलले जनाएको छ। पवित्र धार्मिक स्थलहरू, प्राकृतिक सौन्दर्य र नयाँ पर्यटकीय अनुभवहरूको केन्द्रका रूपमा विकसित हुँदै गएको बुटवलले आधुनिक यात्रुहरूको चाहनालाई पूर्ण रूपमा समेट्न सफल भएको होटलको भनाइ छ।
काठमाडौंबाट छोटो हवाई दूरीमा रहेको बुटवल पोखरा, चितवन र लुम्बिनी जस्ता प्रमुख पर्यटकीय सहरहरूसँग पनि सहज यात्राको दूरीमा रहेको छ। यही भौगोलिक विशेषताका कारण हायात प्लेस बुटवल यात्रुहरूका लागि ‘द प्लेस इनबिट्विन’ अर्थात् यात्रा र गन्तव्यको बीचको उपयुक्त विश्रामस्थल बन्न सफल भएको होटलले उल्लेख गरेको छ।
आरामदायी बसोबाससँगै अर्थपूर्ण र सम्झनलायक अनुभवको खोजीमा रहने यात्रुहरूका लागि सधैं पहिलो रोजाइको गन्तव्य बन्ने लक्ष्यसहित हायात प्लेस बुटवलले सेवा विस्तार र गुणस्तरमा निरन्तर ध्यान दिने प्रतिबद्धता जनाएको छ।
For More:-Hyatt Place Butwal Milestone



