हल्ट प्राइज पुल्चोक २०२६ औपचारिक सुरुवात: टाइटल स्पोन्सरशिप सम्झौता सम्पन्न
२० मंसिर, काठमाडौं ।
हल्ट प्राइज एट आइओइ पुल्चोक क्याम्पसले २०२६ एडिसनका लागि आफ्नो यात्रा आज आधिकारिक रूपमा सुरु गर्दै हिमा अस अफसोर प्रा. लि. सँग टाइटल स्पोन्सरशिप एग्रिमेन्टमा हस्ताक्षर गरेको छ।
“स्टुडेन्ट्स नोबेल प्राइज” भनेर परिचित हल्ट प्राइज विश्वकै सबैभन्दा ठूलो स्टुडेन्ट सोसल इम्प्याक्ट र इन्टरप्रेनरशिप कम्पिटिसन हो, जुन हरेक वर्ष युएन तथा हल्ट इन्टरनेशनल बिजनेस स्कुलसँग साझेदारीमा आयोजना हुन्छ। अन–क्याम्पस प्रोग्राम यस वर्षभरिको कम्पिटिसनको पहिलो चरण हो, जहाँ विभिन्न कलेजका टिमहरू सेलेक्शन हुँदै नेशनल स्टेज तथा त्यसपछि ग्लोबल एक्सेलेरेटर प्रोग्रामसम्म पुग्छन्।
आइओइ पुल्चोक क्याम्पसको अन–क्याम्पस प्रोग्राम नेपालकै अग्रणी तथा सफल संस्करणमध्येको एक हो, जसले २०२३ मा सेन्ट्रल साउथ एशिया प्रोग्राम अफ द इयर अवार्ड सहित उल्लेखनीय मान्यता पाएको छ। यस कार्यक्रमले इन्जिनियरिङ विद्यार्थीहरूलाई दिगो व्यवसायिक समाधान मार्फत वास्तविक समस्या समाधानतर्फ प्रेरित गर्दै नेतृत्वर नैतिक उद्यमशीलताको भावना विकास गराउँदै आएको छ।
हिमा अस अफसोर प्रा. लि. नेपालस्थित प्रमुख एजुकेशन कन्सल्टेन्सीहरूमध्ये एक हो, जसले देशभित्र तथा विदेशमा उच्च शिक्षाका अवसरहरूतर्फ विद्यार्थीहरूलाई मार्गदर्शन गर्दै आएको छ। क्यारेयर काउन्सेलिङ, एप्लिकेसन प्रोसेसिङ र समग्र स्टुडेन्ट सपोर्ट सर्भिसेसमा केन्द्रित रही, यो संस्थाले विद्यार्थीहरूको एड्मिसन प्रोसेस, भिसा एप्लिकेसन, स्कलरसिप प्रक्रिया आदि सहज बनाउँदै विश्वसनीय सहयात्रीको रूपमा काम गर्दै आएको छ।
हल्ट प्राइज एट आइओइ पुल्चोक क्याम्पस र हिमा अस अफसोर प्रा. लि. बीच भएको मेमोरान्डम अफ अन्डरस्ट्यान्डिङ अनुसार, हिमा अस अफसोर प्रा. लि. लाई हल्ट प्राइज एट आइओइ पुल्चोक क्याम्पस २०२६ कार्यक्रमका लागि टाइटल स्पोन्सरको रूपमा नियुक्त गरिएको छ। सो एग्रिमेन्टमा हिमा अस अफसोर प्रा. लि.का मार्केटिङ म्यानेजर श्री अनुप आचार्य तथा हल्ट प्राइज एट आइओइ पुल्चोक क्याम्पसका क्याम्पस डाइरेक्टर श्री रौनक मिश्राले हस्ताक्षर गर्नुभएको थियो।
सम्झौता पश्चात्, अनुप आचार्यले यो पार्टनरशिपले नेपाली विद्यार्थीहरूलाई ठूलो सपना देख्न, निडर भएर नयाँ–नयाँ कल्पना तथा नवप्रवर्तन गर्न तथा विश्वस्तरका अवसरहरू प्राप्त गर्न प्रेरणा दिने हिमा अस अफसोरको मिशनसँग पूर्ण रूपमा मेल खाने कुरा व्यक्त गर्नुभयो। त्यस्तै, रौनक मिश्राले हिमा अस अफसोर प्रति देखाइएको विश्वास र सहयोगका लागि आभार व्यक्त गर्दै, २०२६ सिजनलाई अहिलेसम्मकै सबैभन्दा प्रभावकारी बनाउन यो सहकार्य महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो।
यस साझेदारीसँगै सम्पूर्ण टोली २०२६ को हल्ट प्राइज सिजनलाई असाधारण रूपमा सफल बनाउन उत्साहित र प्रतिबद्ध बनेको छ।
For More:-Hult Prize IOE Launch



