हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले २० लाख ७५ हजार कित्ता आईपीओ जारी गर्दै

Hulas Finserve Purchase
Share It On:

७ असोज, काठमाडौं ।

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले आगामी दिनमा २० लाख ७५ हजार कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ।

Hulas Finserve Hire Purchase

यो कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (IPO) मा एनएमबि क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ। यस सम्बन्धमा हुलास फिनसर्भका अध्यक्ष शेखर गोल्छा र एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतामा हस्ताक्षर गरेका छन्।

शेखर गोल्छाले नियामक निकायका सबै प्रक्रिया पूरा गरी चाँडै आईपीओ जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। २०१२ देखि हुलास फिनसर्भले उत्कृष्ट हायर पर्चेज सेवा दिँदै आएको छ र अब यो कम्पनीले आईपीओ मार्फत थप विस्तारको तयारी गरेको छ।

For more: Hulas Finserve Hire Purchase


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts