हुलास आल्युमुनीयमको नयाँ विक्री शाखा काठमाडौं उपत्यकामा सञ्चालन
८ असोज, काठमाडौं।
हुलास आल्युमुनीयमले काठमाडौं उपत्यकामा आफ्नो नयाँ विक्री शाखा सुरु गरेको छ। शनिबार सतुंगल–१०, काठमाडौंमा शाखाको औपचारिक उद्घाटन गरिएको कम्पनीले जनाएको छ।
यस नयाँ शाखा संचालनसँगै अब काठमाडौं उपत्यकाका ग्राहक र व्यवसायीहरूले झ्याल, जस्ता, ढोका, फ्रेम लगायतका गुणस्तरीय हुलास आल्युमुनीयम र स्टिल सामग्रीहरू उचित मूल्यमा सिधै शाखाबाट खरिद गर्न सक्नेछन्।
कम्पनीका अनुसार ग्राहकले अब उपत्यकाभित्रै सजिलो सेवा र भरपर्दो गुणस्तरसहितका उत्पादन प्राप्त गर्न सक्ने सुविधा पाउने छन्।
स्थान: सतुंगल–१०, काठमाडौं
सेवा क्षेत्र: सम्पूर्ण काठमाडौं उपत्यका
For more: Hulas Aluminium Sales Branch