हुवावेद्वारा लक्ष्यभन्दा बढी १७ करोड मानिसमा डिजिटल पहुँच विस्तार; ८० भन्दा बढी देशका दुर्गम क्षेत्र लाभान्वित
१९ फागुन, काठमाडौँ।
हुवावेले ८० भन्दा बढी देशका दुर्गम क्षेत्रका १७ करोड मानिससम्म डिजिटल कनेक्टिभिटी पुर्याउँदै International Telecommunication Union (ITU) को Partner2Connect Digital Coalition (P2C) अन्तर्गत गरेको प्रतिबद्धता लक्ष्यलाई पार गरेको छ।
यो घोषणा हुवावे ICT BG का CEO याङ चाओबिनले बार्सिलोनामा आयोजित कम्पनीको TECH Cares Forum मा गरेका हुन्। सन् २०२२ मा ITU P2C Digital Coalition मा सहभागी हुँदा हुवावेले सन् २०२५ सम्म १२ करोड मानिसलाई दुर्गम क्षेत्रमा कनेक्ट गर्ने प्रतिबद्धता जनाएको थियो। हाल १७ करोड मानिससम्म कनेक्टिभिटी विस्तार गर्दै कम्पनीले उक्त लक्ष्यलाई उल्लेखनीय रूपमा पार गरेको छ।
उद्घाटन मन्तव्यमा याङले एआईको तीव्र विकास भइरहेको भए पनि डिजिटल विभाजन अझै कायम रहेको र थप फराकिलो हुने जोखिम रहेको बताए। “समावेशी र दिगो एआई युगका लागि उच्च–गतिको डिजिटल सञ्जाल र सशक्त कम्प्युटिङ क्षमता आधारभूत आवश्यकता हुन्,” उनले भने। ITU P2C प्रतिबद्धता पूरा गर्नु हुवावे को नवप्रवर्तनप्रति निरन्तर प्रतिबद्धताको प्रमाण भएको उनले उल्लेख गरे, जसले दुर्गम समुदायलाई स्वास्थ्य, शिक्षा र वित्तीय सेवामा पहुँच विस्तार गर्न सहयोग पुर्याएको छ।
ITU दूरसञ्चार विकास ब्यूरोका निर्देशक Cosmas Zavazava ले डिजिटल विभाजन कम गर्न हुवावेले गरेको योगदानको प्रशंसा गरे। ग्रामीण तथा सेवा–विहीन समुदायलाई जोड्न नवप्रवर्तनशील व्यवसायिक मोडेल, समावेशी दृष्टिकोण, सञ्चार स्रोतको प्रभावकारी उपयोग र स्थानीय क्षमतामा निरन्तर लगानी आवश्यक रहेको उनले बताए।
हुवावे Public Affairs and Communications का अध्यक्ष Jeff Wang का अनुसार डिजिटल समावेशीकरण दुई आधारमा टेकेको हुन्छ: समावेशी कनेक्टिभिटी र डिजिटल सीप सशक्तीकरण। डिजिटल सीप अभाव समाधान गर्न हुवावेले सरकार र विभिन्न संस्थासँग सहकार्य गर्दै विद्यार्थी, युवा, ज्येष्ठ नागरिक र महिलाका लागि डिजिटल पहुँच विस्तार, सीप तालिम तथा STEM पाठ्यक्रम विकासका कार्यक्रम सञ्चालन गरिरहेको छ।
सन् २०१९ मा सुरु गरिएको हुवावे को Skills on Wheels कार्यक्रममार्फत २१ देशका १,३०,००० भन्दा बढी मानिसलाई मोबाइल डिजिटल तालिम प्रदान गरिएको छ।
ग्रामीण सञ्जाल नवप्रवर्तनका सन्दर्भमा हुवावेले सन् २०१७ देखि Rural Series समाधानलाई निरन्तर स्तरोन्नति गर्दै आएको छ। नोभेम्बर २०२५ मा सुरु गरिएको Huawei RuralCow समाधानले MTN Nigeria को सहकार्यमा करिब १,५०० जनसंख्या भएका गाउँसम्म सेवा विस्तार गरेको छ। यी समाधानहरूले १७ करोड मानिससम्म कनेक्टिभिटी पुर्याउने लक्ष्य हासिल गर्न सहयोग पुर्याएका छन्।
आगामी दिनमा हुवावेले ग्रामीण सञ्जाल प्रविधिमा नवप्रवर्तनलाई निरन्तरता दिँदै खुला सहकार्य र डिजिटल सीप सशक्तीकरणलाई तीव्र बनाउने प्रतिबद्धता जनाएको छ।
For more: Huawei Exceeds Global Connectivity Pledge


