हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नारायण बजाज नियुक्त, सुलभ अग्रवालद्वारा राजीनामा
२३ चैत, काठमाडौँ।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा नारायण बजाज नियुक्त भएका छन् । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले बजाजलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।
कम्पनीको संस्थापक समूह अन्तर्गत रिक्त रहेको सञ्चालक पदमा संस्थापक शेयरधनी संस्था लक्ष्मी कर्प नेपाल प्रालिको तर्फबाट प्रतिनिधित्व गर्दै बजाजलाई आजकै मितिदेखि लागू हुने गरी अध्यक्ष चयन गरिएको हो।
यसअघि कम्पनीको अध्यक्ष रहेका सुलभ अग्रवालले आफ्नो पदबाट राजीनामा दिएका थिए । अग्रवालको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिले बजाजलाई नयाँ नेतृत्व सुम्पेको हो।
For More:-Himalayan Life Insurance Chairman



