हिमालयन बैंकको एफपीओमा मागभन्दा बढी आवेदन

Himalayan Bank FPO Oversubscription 2025
Share It On:

४ साउन, काठमाडौं।

हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा लगानीकर्ताको अभूतपूर्व उत्साह देखिएको छ।

एफपीओमा मागभन्दा ४.४२ गुणा बढी आवेदन परेको छ, जसका कारण ८ लाखभन्दा बढी आवेदक सेयर पाउनबाट वञ्चित हुने भएका छन्।

कम्पनीले असार ३२ गतेदेखि निष्कासन गरेको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओका लागि १७ लाख ८६ हजार ७८२ जना आवेदकबाट कुल ४ करोड ९ लाख ६६ हजार ५ सय कित्ताका लागि आवेदन परेको हो। यो कुल ६ अर्ब ४३ करोड १७ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन हो।

बैंकले प्रतिकित्ता १५७ रुपैयाँ (१०० रुपैयाँ अंकित मूल्य र ५७ रुपैयाँ प्रिमियम) मा एफपीओ जारी गरेको थियो। नेपाल धितोपत्र बोर्डले बैंकले प्रस्ताव गरेको १६९ रुपैयाँको मूल्यमा १२ रुपैयाँ घटाएर १५७ रुपैयाँमा निष्कासनको अनुमति दिएको थियो।

एफपीओ बाँडफाँडमा १० कित्ताका दरले सेयर वितरण गरिनेछ। यसअनुसार, कुल ९ लाख २५ हजार ४६९ जना आवेदकले मात्र सेयर प्राप्त गर्नेछन्। बाँकी ८ लाख ६१ हजारभन्दा बढी आवेदकले कुनै पनि सेयर नपाउने निश्चित भएको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलले जनाएको छ।

For More:-Himalayan Bank FPO Oversubscription 2025


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *