एनएमबि बैंकको मोबाइल बैंकिङ्घ एप बाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने

How to pay Hetauda Khanepani Bill from eNMB App
Share It On:

०९ पुष, काठमाडौं ।

एनएमबि बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग एक सम्झौता गरेको छ । जसअनुसार अब एनएमबि बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप (eNMB App) प्रयोग गरी हेटौंडा खानेपानीको महशुल अनलाइनबाट तिर्न सक्ने भएका छन् ।

हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा हेटौंडा उपमहनगरपालिकाको नगर प्रमुख मिना कुमारी लामा प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् । सो कार्यक्रममा एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष  प्रताप बिष्ट बीच सम्झौता आदानप्रदान भएको थियो । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।

एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंककोउपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७,२०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १६७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत
उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *