स्वास्थ्य मन्त्री र चिनियाँ राजदूतबीच शिष्टाचार भेटः स्वास्थ्य सहकार्य थप सुदृढ बनाउने सहमति
१७ कात्तिक २०८२, काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम चेन सँगबीच आज शिष्टाचार भेट सम्पन्न भएको छ।
मन्त्रीालयमा सम्पन्न भेटवार्तामा दुई देशबीच स्वास्थ्य क्षेत्रको द्विपक्षीय साझेदारीलाई अझ दीगो र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटका क्रममा बीपी कोइराला क्यान्सर अस्पताल, भरतपुर र सिभिल अस्पतालको सेवा सुधार तथा विस्तारका योजना, पारम्परिक चिनियाँ चिकित्सा (Traditional Chinese Medicine) र आयुर्वेद स्वास्थ्य सेवाबीच सहकार्य, नेपालमा औषधीय जडीबुटीको उत्पादन र प्रशोधन, आपतकालीन स्वास्थ्य सेवाको सुदृढीकरण, साथै नेपालमा अत्याधुनिक जीन प्रयोगशाला स्थापना गर्ने सम्भावनाबारे समेत विचार–विमर्श गरिएको थियो।
मन्त्री गौतमले क्यान्सर उपचार सेवा, अस्पताल सुदृढीकरण र कोभिड–१९ महामारीका कठिन समयमा चीन सरकारबाट प्राप्त निरन्तर सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।
भेटवार्ताले नेपाल–चीनबीचको स्वास्थ्य क्षेत्रीय सहकार्यलाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ।
For More:-Health Minister Chinese Ambassador

                                                                    