स्वास्थ्य बीमा सेवा विस्तार: २६ अस्पताल र २२ स्थानीय तहमा नयाँ सम्झौता

Health Insurance Service Expansion in Nepal
Share It On:

१ भदौ, काठमाडौं । 

स्वास्थ्य बीमा बोर्डले देशभरका २२ वटा स्थानीय तह र २६ वटा अस्पतालसँग स्वास्थ्य बीमा सेवा सम्झौता गरेको छ ।

स्वास्थ्य बीमा ऐन, २०७४ (प्रथम संशोधन २०८२) को दफा ९ को उपदफा ६ अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा स्वास्थ्य संस्था पहिलो सेवा बिन्दुको रूपमा रहने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार बोर्डको आह्वानमा स्वास्थ्य संस्थाहरूसँग सम्झौता भएको हो ।

यससँगै पहिलोपटक ती अस्पतालहरूलाई प्रथम सेवा बिन्दु को रूपमा सेवा दिने गरी सम्झौता कार्यान्वयनमा आएको छ । स्वास्थ्य बीमा नियमावली, २०७५ बमोजिम यो प्रणालीलाई कार्यान्वयनमा ल्याइएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार नयाँ सम्झौतापछि अब पहिलो सेवा बिन्दुको संख्या ४१७, रेफरल सेन्टरको संख्या ८५, र सेवा प्रदायक स्वास्थ्य संस्थाको कुल संख्या ५०२ पुगेको छ । हालसम्म प्रथम सेवा बिन्दु पुगेका स्थानीय तहहरूको संख्या ३७६ पुगेको छ ।

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार आइतबार भएको सम्झौतापछि ती अस्पतालमार्फत स्थानीय तहका नागरिकहरूले स्वास्थ्य बीमाको सुविधा आफ्नै क्षेत्रमा सहजै प्राप्त गर्न सक्नेछन् ।

उनका अनुसार यो कदमले बीमितलाई घर नजिककै स्वास्थ्य संस्थाबाट उपचार सेवा लिन सहज बनाउने अपेक्षा गरिएको छ ।

For More:-Health Insurance Service Expansion Nepal


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *