कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बीमा अनिवार्य,असोज मसान्तसम्म आबद्ध हुनुपर्ने

Health Insurance for Critical Illness
Share It On:

२० भदौ, काठमाडौं। 

सरकारले आठ कडा रोगको उपचार सुविधा प्राप्त गर्न अब सेवाग्राही अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्ने व्यवस्था लागू गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न नागरिकलाई प्रदान हुँदै आएको उक्त सुविधा अब स्वास्थ्य बीमा दर्तासँग जोडिएको जनाएको छ।

मन्त्रालयले विगतमा विपन्न नागरिकका लागि प्रदान गर्दै आएको उपचार सुविधाको भुक्तानी व्यवस्थापन स्वास्थ्य बीमा बोर्डमार्फत हुने गरी ‘विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० (पहिलो संशोधन २०८२)’ स्वीकृत गरेको थियो।

सो निर्देशिकाको दफा ४ क. अनुसार आठ कडा रोगको उपचार सुविधा लिन स्वास्थ्य बीमामा विमित हुनै पर्ने व्यवस्था कार्यान्वयनमा आएको हो।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै हाल सेवा लिइरहेका सेवाग्राहीलाई असोज मसान्तभित्र स्वास्थ्य बीमा दर्ता गराउनुपर्ने समयसीमा तोकेका छन्।

मन्त्रालयले बीमा बोर्ड र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखालाई पत्र पठाएर सेवाग्राहीलाई दिइएको समयभित्र बीमित गराउने व्यवस्था मिलाउन निर्देशन पनि दिएको छ।

मन्त्रालयका अनुसार, यो कदमले विपन्न नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याई सुविधालाई एकद्वार प्रणालीमार्फत प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

For More:-Health Insurance for Critical Illness


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *