बीमा सेवा दिन आनाकानी गरिए कारबाही हुन्छः स्वास्थ्य बीमा बोर्ड
१७ चैत, काठमाडौँ।
विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूले स्वास्थ्य बीमा अन्तर्गतका सेवा प्रवाहमा आलटाल गरेको र बिरामीलाई आवश्यक सुविधा नदिएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कडा चेतावनी दिएको छ। बोर्डले सेवा प्रवाहमा अवरोध गर्ने वा बिरामीलाई दुःख दिने संस्थाहरूलाई कानुनबमोजिम कारबाही गर्ने जनाएको हो।
विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूले स्वास्थ्य बीमा अन्तर्गतका सेवा प्रवाहमा आलटाल गरेको र बिरामीलाई आवश्यक सुविधा नदिएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कडा चेतावनी दिएको छ।
विशेषगरी बीमितहरूलाई सेवा लिन अग्रिम समय लिन बाध्य पारिएको, भेदभावपूर्ण व्यवहार गरिएको र आवश्यक औषधि एवं सेवा उपलब्ध नगराइएको भन्ने गुनासोप्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार यस्ता गतिविधिहरू स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ विपरीत रहेकाले सबै सेवा प्रदायकलाई परिपत्रमार्फत सचेत गराइएको छ।
बोर्डले प्रचलित ऐन, नियम र कार्यविधि पूर्ण रूपमा पालना गर्न निर्देशन दिँदै अनुगमनका क्रममा कैफियत भेटिएमा कडा कानुनी कारबाही गरिने स्पष्ट पारेको छ। यदि कुनै स्वास्थ्य संस्थाले नियमविपरीत कार्य गरेको प्रमाणित भएमा स्वास्थ्य बीमा ऐनको दफा १२ को उपदफा (१) खण्ड (ख) बमोजिम उक्त संस्थासँग गरिएको बीमा सम्झौता नै रद्द गर्न सकिने प्रावधान रहेको छ। तसर्थ, बीमित नागरिकलाई सहज र बिना भेदभाव स्वास्थ्योपचार सेवा उपलब्ध गराउन बोर्डले सबै स्वास्थ्य संस्थाहरूलाई सचेत गराएको छ।
For More:-Health Insurance Board Action


