हायरको ब्रान्ड एम्बासडरमा पूर्वकप्तान पारस खड्का नियुक्त | Haier Nepal
२६ माघ, काठमाडौँ।
विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायर (Haier) ले नेपाली क्रिकेटका लेजेन्ड्री पूर्वकप्तान तथा क्यान सचिव पारस खड्कालाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ। १७ वर्षदेखि विश्वकै नम्बर १ स्थान कायम राख्न सफल हायर र नियोटेरिक नेपालको यो सहकार्यले नेपाली खेलकुद र बजारमा नयाँ उचाइ लिने विश्वास गरिएको छ।
हायर ब्रान्डको नेपालका लागि आधिकारिक वितरक कम्पनी नियोटेरिक नेपालका सञ्चालक सञ्जय गोल्छा र खड्काबीच शुक्रबार यसबारे सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
हायर होम एप्लायन्स विश्वकै नम्बर १ ब्रान्ड हो । बजार अनुसन्धान संस्था युरोमोनिटर इन्टरनेशनलको तथ्यांङ्क अनुसार बिक्री परिमाणका आधारमा हायरले विगत १७ वर्षदेखि निरन्तर पहिलो स्थान कायम गर्दै आएको छ ।
सन् २०२५ को युरोमोनिटर इन्टरनेशनल तथ्याङ्क अनुसार रेफ्रिजेरेटरतर्फ हायरले १८ वर्षदेखि, वासिङ मेसिनतर्फ १७ वर्षदेखि, र वाइन कुलरतर्फ १६ वर्षदेखि विश्वकै नम्बर १ ब्रान्डको स्थान कायम राखेको छ । त्यस्तै, फ्रिजर बिक्रीमा पनि हायरले विगत १५ वर्षदेखि विश्वकै अग्रस्थान कायम राख्दै आएको छ ।
विश्वकै अग्रणी होम एप्लायन्स ब्रान्डका रूपमा हायरले अन्तर्राष्ट्रिय खेलकुदमा पनि लामो समयदेखि ठूलो लगानी गर्दै आएको छ । यस क्रममा कम्पनीले लिभरपुल एफसी, र एटीपी टूर जस्ता विश्वस्तरीय खेलकुद संस्थासँग दीर्घकालीन साझेदारी गरेको छ ।
यही क्रममा आगामी दिनमा नेपालको खेलकुद क्षेत्रमा पनि हायरको उपस्थिती हुने अपेक्षा गरिएको छ । सम्झौताका क्रममा क्रिकेटर पारस खड्काले हायरसँग जोडिन पाउनु एक महत्वपूर्ण अवसर भएको बताएका छन् ।
सम्झौताका क्रममा बोल्दै नियोटेरिक नेपालका सञ्चालक सञ्जय गोल्छाले भने, ‘नेपाली क्रिकेट टिमका पूर्वकप्तान लिजेन्ड्री पारस खड्कासँग ब्रान्ड एम्बासडरका रूपमा सहकार्य गर्न पाएकोमा नियोटेरिक परिवार गौरव महसुस गरिरहेको छ ।’
यो सहकार्यमार्फत हामी सफलताको मार्गमा एकसाथ अघि बढ्नेछौँ । प्रयोगकर्तालाई सधैं केन्द्रमा राखी, उनीहरूको आवश्यकता अनुसारका हायरका समाधानहरू उपलब्ध गराउन कम्पनी सधैं तत्पर रहनेछ ।
For more: Haier Brand Ambassador Paras Khadka



