दसैंको साथमा नयाँ एप ‘हातमा (HAATMA App)’ सार्वजनिक
१८ असोज २०८२, काठमाडौं ।
अब कुन समाचार सही र कुन झुठो भन्ने द्विविधाबाट मुक्त हुने समय आएको छ। ‘हातमा (HAATMA App)’ नामक नयाँ मोबाइल एप सार्वजनिक गरिएको छ, जसले प्रयोगकर्तालाई विश्वासिला र भरपर्दा सञ्चारगृहका अंग्रेजी तथा नेपाली भाषाका समाचारहरू एउटै प्लेटफर्ममा उपलब्ध गराउँछ।
यस एपमार्फत समाचार पढ्न, सुन्न र हेर्नका लागि अब धेरै वेबसाइट, टेलिभिजन च्यानल वा युट्युब च्यानल चहार्नुपर्ने झन्झट अन्त्य हुनेछ।
‘हातमा’ एपले वर्षौंदेखिका लिगेसी बोकेका सञ्चारमाध्यमका सामग्रीहरूलाई एकीकृत गरी प्रयोगकर्तालाई सहज र विश्वसनीय समाचार अनुभव दिने लक्ष्य राखेको छ।
एपका अनुसार, व्यस्त समयमा जम्मा ६० शब्दमा ताजा सूचना प्राप्त गर्न सकिने र फुर्सद तथा रुचिअनुसार विस्तृत समाचार पढ्न सकिने सुविधा यसको मुख्य आकर्षण हो।
दसैंको अवसरमा सार्वजनिक गरिएको यो एप अहिले Google Play Store र App Store दुबैमा उपलब्ध छ।
For more: HAATMA Mobile App